• २ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरी उवासंघका नवनिर्वाचित टिमलाई स्वागत तथा सम्मान




दिनेश रैदास

लमही । लमही खानेपानी तथा सरसफाइ संस्थाले देउखुरी उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति र सल्लाहकारलाई स्वागत तथा सम्मान गरेको छ ।

संस्थाले बुधबार एक कार्यक्रमको आयोजना गरी १२औं अधिबेशन तथा २०औं साधारणसभाबाट निर्वाचित देउखुरी उद्योग बाणिज्य संघका पदाधिकारी , सदस्य तथा सल्लाहकारहरूलाई स्वागत तथा सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष जंगबहादुर चाैधरीकाे अध्यक्षता एवं उवासंघका नवनिर्वाचित अध्यक्ष कमल जंग सिह ठकुरीको आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा देउखुरी उवासंघका नवनिर्वाचित सम्पूर्ण टिमलाई खादा तथा अबिर लगाएर सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिकाे आसनबाट बाेल्दै ठकुरीले उद्योग ब्यवसायमा देखिएकाे संकट , ब्यपारीका समस्या , अटाे भिलेजलाई ब्यबस्थित गर्ने ब्यवसायीलाई पलायन हुन नदिनका लागि जुन सुकै रणनीति बनायर अघि बढने कुरा ब्यक्त गर्नुभएकाे थियाे ।

यसका लागि सम्पूर्ण साथीहरूलाई कार्य बिभाजन गरिसकेकाे र आबश्यक रणनीति बनायर जानका लागि टिम जुटिसकेकाे कुरा जानकारी गराउनुभयाे ।

अध्यक्षकाे आसनबाट बाेल्दै संस्थाका अध्यक्ष चाैधरीले खानेपानी र उद्योग बाणिज्य संघ सधै साथ सहयाेगी भएर समाजिक सेवामा लागेकाे संस्था भएकाे हुँदा सदैव उपभोक्ता ब्यपारी र ग्राहककाे हकहितकाे लागि काम गर्नुपर्ने कुरा बताउनु भएकाे थियाे।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष सितादेबी चाैधरीले उपस्थिति सम्पूर्णलाई स्वागत मन्तब्यद्वारा सम्पूर्णलाई स्वागत गर्नु भयकाे थियाे भने कार्यक्रम काे सहजीकरण संस्थाका सचिब बसन्त आचार्यले गर्नुभएकाे थियाे।

Facebook Comments