दाङ । दाङको घोराही रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगी संक्रमणका कारण एकजना पुरुषको मृत्यु भएको छ ।
रोल्पाको माडी गाउँपालिका–२, घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए ।
केही समयअघिदेखि डाँगीको स्वास्थ्यमा समस्या देखिएको थियो । आइतबार साँझ उनलाई उपचारका लागि प्रतिष्ठानमा ल्याइएको थियो । उनकोे उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईको भनाइ छ ।
डाँगीले श्रीकृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा पढाउँदै आएका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
