देउखुरी । राप्ती नदीमा माछा मार्ने क्रममा बगेर वेपत्ता भएका एक युवकको शब तीन दिनपछि फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय भालुवाङ, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङको टोलीले खोजतलास गर्ने क्रममा गएराती करिब २ बजेको समयमा गढवा गाउँपालिका-१, जेठानगाउँको राप्ती नदीघाटमा चौधरीको शब फेला परेको गणका एसपी गोपाल श्रेष्ठले जानकारी दिए ।
नदीमा जालले माछा मार्ने क्रममा चौधरी बगेर वेपत्ता भएका थिए । चौधरीको शब पोष्टमार्टमका लागि घोराही पठाईएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।