• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
संयुक्त व्यवसायी प्यानललाई मतदान गर्न प्रजातान्त्रिक उद्यमी संघको अनुरोध




घोराही ।प्रजातान्त्रिक उद्यमी संघ घोराहीले भोली शनिवार हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा सहभागी हुन सम्पूर्ण मतदाताहरुलाई अनुरोध गरेको छ । उद्यमी संघका अध्यक्ष कालिबहादुर खत्री (मानु) र महासचिव श्रीधर धितालले सम्पूर्ण मतदाताहरुलाई मतदान प्रक्रियामा सहाभगी हुन अनुरोध गर्नुभएको हो ।

प्रजातान्त्रिक उद्यमी संघ लगायत व्यसायिक संघ संगठनहरुसँगको सहकार्यमा बनेको बसन्त जोशी नेतृत्वको संयुक्त व्यवसायी प्यानलका उम्मेद्वारहरुलाई मत दिनकालागी अनुरोध सहित उहाँहरुले सम्पूर्ण मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी हुन अनुरोध गर्नुभयो ।

संयुक्त व्यवसायी प्यानलले उम्मेद्वार बनाएका सक्षम, योग्य एवं उर्जावान् उम्मेद्वारहरुलाई बिजयी बनाउनकालागी घोराही उपमहानगरपालिका वडा नम्बर १४ बहुउद्धेश्यीय सभागृहमा शनिवार विहान ८ बजेदेखी बेल्का ५ बजेसम्म हुने निर्वाचनमा मतदान गर्नकालागी सहभागी हुन उहाँहरुले सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

Facebook Comments