• २० मंसिर २०८०, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
को हुन्, कुशल युवा व्यवसायी ‘माधव’ ?




घोराही । जिल्लाका विभिन्न संघ/संस्थामा आवद्ध रहेर आफ्नो कर्तव्य र जिम्मेवारी निस्वार्थ रुपमा निर्वाह गर्ने मध्येका एक कुशल व्यवसायी हुन्, माधव खनाल । उनी विगत लामो समयदेखि घोराहीमा व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् ।

घोराहीमा फेन्सी व्यवसाय, शिक्षा क्षेत्रसँगै सहकारी लगायतका क्षेत्रमा आवद्ध एक सफल युवा व्यवसायी खनालले उद्योगी तथा व्यवसायिक हक र अधिकार प्राप्तिका लागि महत्वपूर्ण योगदान गर्दै आएका छन् ।

व्यवसाय क्षेत्रमा एक उत्कृष्ट व्यवसायीको रुपमा स्थापित भएका माधव दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा रहेर पनि व्यवसायीहरुको माझ उत्तिकै लोकप्रिय बनेका छन् ।

उनी उवासंघको कार्यसमिति सदस्यमा रहेरपनि सधै ब्यापारी र घरबेटीबीच हुने सटरभाडाको समस्या समाधानको अग्रनी भूमिका निर्वाह गर्दै कार्यसम्पदान गरेका थिए । उनले त्यतिमात्रै होइन्, विभिन्न सयममा हुने झोलेपोके व्यापारी नियन्त्रण लिएर उपमहानगरपालिकासँग समन्वय गर्ने काम गरेर आफ्नो जिम्मेवारीलाई अब्बल बनाएका छन् ।

त्यस्तै खनालले सहकारीमा देखियको समस्याका कारण ब्यापारीहरुको बचत र शेयर फिर्ता गर्नको लागि अग्रनी भूमिका खल्दै छन् । प्रत्येक आर्थिक वर्षमा ब्यापारीहरुको मिसम्याच परेको र सरकारले छुट दिएको बेला अत्यधिक कोर्डिनेशन गरी धेरै ब्यापारीको समस्या समाधान गर्दै उनी संघको हरेक बजार सचेतना कार्यक्रममा अग्रपंक्तिमा खटेर सुखदुःखमा ब्यापारीहरुलाई साथ दिँदै आएका छन् ।

‘व्यापारीहरुको खरिद बिक्री खाता बिल फाईलिङ गर्नदेखि लिएर आर्थिक बर्षको अन्तिममा ती बिलहरुको टोटल रकम जोडेर कारोबार रकम एकिङ गर्ने काम गरेको छु,’ उनले भने–‘ त्यहिअनुसार कर तिरेर व्यवसायीहरुलाई मिसम्याचबाट बचाउने सम्बन्धी सचेतना कार्यक्रम दिएको छु । साथै त्यो समयमा व्यवसायीलाई संघको सदस्यता नविकरण दर्ता गराई संघलाई आर्थिक रुपमा बलियो र पारदर्शी बनाउनेमा विशेष जोड दिएको छु ।’

Facebook Comments