निराजन सिर्पाली
रुकुमपूर्व । आयुर्वेद स्वास्थ्य केन्द्र रुकुमपूर्वले वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वले आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा गरेको हो ।
कार्यक्रममा विशेषगरि आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वले वर्षभरि गरेकोे काम, कार्यालय तथा कर्मचारीको अवस्था, चुनौती र सफलता, जिल्लाको जडिबुटी सम्बन्धि बस्तु स्थिति आदि बारे आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वका प्रमुख बिष्णुहरी आचार्यले उपस्थित सबैलाई प्रस्तुति मार्फत प्रकाश पार्नुभएको थियो ।
आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वमा आर्थिक वर्ष २०७९/८० मा कर्मचारी तलब बाहेक संघीय सरकार को शस्त्र अनुदान बाट १८ लाख र लुम्बिनी प्रदेश सरकार बाट १२ लाख बजेट आएकोमा ७९.७ प्रतिशत प्रगति भएको विवरण सार्वजनिक गरिएको छ ।
उक्त वार्षिक तथा समिक्षा कार्यक्रममा सहभागीहरुले जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र हुनु निकै सौभाग्य भएको र उक्त आयुर्वेद स्वास्थ्य केन्द्रले रुकुम पूर्वमा पाइने जडिबुटीखोज तथा पहिचान गरि जडिबुटी संकलन तथा प्रशोधन केन्द्र कसरी स्थापना गर्न सकिन्छ यतातिर पहलकदमी तथा ध्यान दिन सल्लाह तथा आवस्यक रहेको बताएका छन ।
समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका जिसस उप-प्रमुख मोहन बहादुर केसीले नेपालकै धेरै जडिबुटी भएको जिल्ला मध्यमा रुकुम पूर्व पनि एक भएको दाबी गर्नुभएको छ । त्यस्तै उहाले शरिरिक तन्दुरुस्त ठिक नभए मान्छेले कुनै पनि काम गर्न नसक्ने र शरीर तन्दुरुस्त बनाउने कुरा खानपान र हामीले गर्ने स्वास्थ्य उपचार सहि हुनुपर्ने बताउनुभएको छ ।
उहाले भन्नुभयो ञ अर्गानिक चज जडिबुटी तथा खाद्यान्नहरुलाई हामीले विदेशीलाई कुइन्टोलको भाउमा बेच्ने र ग्रामको भाउमा किन्ने बानीले देशको राजस्व बाहिर जाने कुरा हुदाहुदै बिदेशीले त्यही हामीले कुइन्टोलको भाउमा बिक्री गरेको हाम्रो अर्गानिक चिज वस्तुलाई केमिकल मिसावट गरेर ग्रमको भाउमा किन्छौ र त्यो कुराले हाम्रो स्वस्थ्यलाई कत्तिसम्मको दिर्घ रोगी बनाउछ हामी कसैको ध्यान पुगेको छैनझ । त्यसैले आयर्वेद स्वास्थ्य केन्द्रलाई संरक्षण गर्ने काम सबैको भएको उल्लेख गर्नुभएको छ ।
कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले सबैभन्दा पहिले त रुकुम पूर्व वासीलाई आयर्वेद भनेको के हो यसले हाम्रो जीवन पद्धतिमा के प्रभाव पार्छ भन्नेबारे बुझाउनुपर्ने बताउदै प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउनुभएको छ । त्यस्तै पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले पनि जडिबुटीको धेरै सम्भावना भएको र यसलाई यसै आयर्वेद स्वास्थ्य केन्द्र मार्फत सदुपयोग गर्न सके रुकुम पूर्व जिल्ला र आयर्वेद स्वास्थ्य केन्द्रको राम्रो इतिहास बन्ने बताउनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै रुकुम पूर्वका प्रजिअ माधवप्रसाद शर्माले कुनै पनि कुरालाई बचाउन तथा संरक्षण गर्न सबैले हातेमालो गरेमा मात्रै सम्भव हुने बताउनुभएको छ । उहाँले स्थानीय सरकार बुद्धिजीवी र सञ्चारकर्मीलाई यस्ता आयर्वेद जस्तो अन्य जीवन उपयोगी कुराहरूलाई कसरी जीवन्त बनाउन सकिन्छ भन्नेबारे गहिरो तरिकाले आ(आफ्नो क्षेत्रबाट लाग्नुपर्ने औंल्याउनुभएको छ ।
जिसस उप-प्रमुख मोहन बहादुर केसीको अध्यक्षतामा सुरु गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वको वार्षिक समिक्षा कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती प्रजिअ माधवप्रसाद शर्मा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख पुष्पराज पौडेल लुम्बिनी प्रदेश आयुर्वेद चिकित्सालय प्रमुख प्रवेश श्रीवास्तव नेकपा माओवादी केन्द्र रुकुम पूर्वका जिल्ला संयोजक कुमारी बराल एकीकृत समाजवादी जिल्ला सचिव भुवनेश्वर उपाध्याय लगायत पालिकाका स्वास्थ्य शाखा प्रमुख नागरिक समाजका अगुवा सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल कृष्ण बहादुर वलीले गर्नुभएको थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।