घोराही । एक दसक देखी राना बडी वर्कशप सन्चाल गरिरहेको बिक्रम रानाले व्यवसायीमा आफ्नो छुट्टै पहिचान बनाउदौ व्यावसायिको रहेको दुख सुखको सराथी बन्दै छन ।
यहि असोज १३ गते हुन लागेको दाङ जिल्ला उद्याेग बाणिज्य संघको निर्वाचनमा सदस्य पदका उम्मेदवार बनेका युवा व्यवसायी राना एक सफल व्यवसायी पनि हुन ।
राप्ती अन्चल अटो ईन्जिनियरिङ एशोसियनको महासचिव र घोराही अटो टाउन व्यवस्थापन समितिको सचिव लगायत विभिन्न संघसंस्थाको काम गदै आएका राना नेतृत्वमा काविल मान्छिन् । सरल, शालिन तथा स्वभावका रहेका छन् । उनि काममा पनि त्यतिकै सक्रिय देखिन्छन् । इमान्दारीपूर्वक जिम्मेवारी वहन गर्दै आएका राना निरन्तर रुपमा उद्योगी व्यवसायीका हकहितका लागि क्रियाशील रहने गर्दछन् ।
२०४४ साल घोराही -३ मा जन्मेका राना वसन्त जोशीको नेतृत्वमा रहेको संयुक्त व्यवसायी प्यानलको तर्फबाट कार्यसमिति सदस्यको उम्मेदवार बनेका छन् ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।