• १ बैशाख २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महिला स्वास्थ्य स्वयम सेविकालाई तालिम




दाङ । महिला स्वास्थ्य स्वयमसेविहरूलाई आधारभूत आँखा स्वास्थ्य तालिम दिइएको छ ।नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पतालको आयोजना तथा एनएविपि नर्वेको आर्थिक सहयोगमा झिमरूक गाउँपालिका प्युठानमा एकदिने महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई आधारभुत आँखा स्वास्थ्य शिक्षा तालिम दिइएकोहो ।

नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य एवम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता,झिमरुक गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष प्रमोद पोख्रेलको विशिष्टि आतिथ्यमा भएको कार्यक्रममा स्वागत सहित विषय बस्तु र आँखा स्वास्थ्य कार्यक्रमको विषयमा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले प्रकास पारेका थिए ।कार्यक्रममा बोल्ने बक्ताहरूले अन्धोपनको समस्या विभिन्न कारणले बढदै गएको भन्दै आँखा जस्तो सम्वेदन सिल कुरामा हेलचकर्याई गर्न नहुने बताएका थिए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ केन्द्रिय सदस्य कृष्णकुमार गिरीले अन्धोपन न्यूनिकरण गर्न संघ लागेको भन्दै संघद्वारा सञ्चालित अस्पतालहरूले देशको ९० प्रतिसत जनतालाई सर्वसुलभ सेवा दिएको बताए । उनले हुने संग केही रकम लियर नहुनेलाई आँखा स्वास्थ्य सेवा दिने गरेको बताए ।

त्यस्तै गाउँपालिका अध्यक्ष महतराले गाउँ पालिकामा रहेको अन्धोपन न्यूनिकरण गर्न आफुहरू लागेको बताए । उनले अन्धोपन न्यूनिकरण गर्ने दायित्व आफुहरूको रहेको भन्दै सहकार्य गरि अगाडि बढने प्रतिवद्वता जनाए ।त्यस्तै उपाध्यक्ष पोख्रेलले आँखा जस्तो सम्वेदन शिल अंगको उपचार तथा आँखाको सेवालाई जनतामाझ पुर्याउन आफुहरू लागिपरेको बताए । उनले विभिन्न समयमा आँखा शिविर तथा आँखा अस्पतालसंग साझेदारी गरि अगाडि बढेको बताए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ, दाङका सचिव घनश्याम सुवेदी, झिमरुक गाँउपनलीकाका स्वास्थ्य संयोजक विकास केसी लगायतले मन्तब्य राखेका थिए।तालिमको प्रशिक्षकमा लमहि आँखा अस्पतालका दृष्टि विशेषज्ञ मदन चौधरीले गरेका थिए।

Facebook Comments