• २१ मंसिर २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
व्यवसायीका सुझाव लिदै संयुक्त प्यानलका उम्मेदवार




दाङ । यही असोज १३ गते हुने दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनकालागी संयुक्त प्यानलका उम्मेद्वारहरु व्यवसायीहरु संगै सुझाव लिने र मत माग्ने गरेका छन् ।

भेटघाटका क्रममा व्यवसायीहरुले सुझाव सहित संयुक्त व्यवसायीक प्यानललाइ मत दिने बताएका छन् । घोराही बजार क्षेत्रका व्यवसायी एवं वरिपरीका बजारमा रहेका सदस्यहरुलाई भेटघाट गरि रहेको संयुक्त व्यवसायी प्यानलले चुनावी प्रचार प्रचारकालागि मतदाता व्यवसायीहरु माझ जाँदा प्रतिवद्धता जनाउने गरेका छन् ।

आफ्ना प्रतिवद्धता सहित यस प्यानल ‘सुरक्षित व्यापार वर्तमानमा सम्मान भविष्यमा परिणाम, संयुक्त व्यवसायी प्यानललाइ विवेकपूर्ण मतदान’ भन्ने मूल नाराका साथ आफ्ना प्रतिवद्धताहरु लिएर व्यवसायीहरुसँग पुगेर समस्या सुन्ने, सुझाव लिने र मत माग्ने गरिका छन् । उम्मेद्वारहरुले आफ्नो पक्षमा मतदान गर्नकालागी अनुरोध समेत गरेका छन् । संयुक्त व्यवसायी प्यानलले बुधबार बिहानै देखि घोराही उपमहानगरपालिका वडा नम्बर १४, १५ का विभिन्न स्थानका व्यवसायीहरुसँग भेटघाट गरेको संयुक्त निर्वाचन प्रचारप्रसार समितिका संयोजक विश्व पौडेलले जानकारी दिए । बुधबार सहिद गेट , बिपि चोक, ट्राफिक चोक, निमा हल रोड , बैंक रोडगायतका क्षेत्रमा घरदैलो गरेको उनले जानकारी दिए ।

संयुक्त व्यवसायी प्यानल बाट अध्यक्षमा बसन्त जोशी, वरिष्ठ उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा भरतप्रसाद रेग्मी, वाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकाश वली, कोषाध्यक्षमा जगतप्रसाद आचार्य, सहकोषाध्यक्षमा माधव खनाल उम्मेद्वार रहेका छन् ।

त्यसैगरेर उद्योग सदस्यमा विक्रम राना, महिला सदस्यमा लिला नेपाली, वस्तुगत सदस्यमा विष्णुप्रसाद रिजाल, एशोसियट सदस्यमा युवराज पोख्रेल, वाणिज्य सदस्यमा रुद्रबहादुर जैशी, दिपक पण्डीत, निमबहादुर बुढाथोकी (टिका), युवराज पन्त, रामप्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, नोर्बु तामाङ(लामा) र सुरज बुढाथोकी रहेका छन् ।

Facebook Comments