दाङ । दाङ जिल्ला उद्याेग बाणिज्य संघको यहि असोज १३ गते हुन लागेको निर्वाचनमा सदस्य पदका उम्मेदवार बनेका युवा व्यवसायी युवाराज पन्त व्यवसायी माझ लोकप्रिय छन ।
२०५३ सालमा लक्ष्मीपुरमा जन्मेका पन्त घोराही न्यु रोड स्थिति न्यु ज्योती वस्त्रालाय सन्चालन गर्दै आएका पन्तले व्यवासायिक संस्थाहरुमा पनि युवाहरुको उपस्थिती हुनुपर्ने बिचार राख्दै सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताए ।
विभिन्न संघसंस्थाको काम गदै आएका पन्त नेतृत्वमा काविल मान्छिन् । सरल, शालिन तथा मिजासिला स्वभावका पन्त सबैका सामु लोकप्रिय छन् । सबैले रुचाउने पन्त काममा पनि त्यतिकै सक्रिय देखिन्छन् । इमान्दारीपूर्वक जिम्मेवारी वहन गर्ने पन्त निरन्तर रुपमा उद्योगी व्यवसायीका हकहितका लागि क्रियाशील रहने गर्दछन् ।
पन्त रोटरी क्लब अफ दाङका सहसचिव , त्रिभुवननगर जेसिज बर्ष २०२३ का सदस्य समेत रहेका छन । उनले सम्पुर्ण व्यावसायिहरुले भोट हालेर सहयोग गर्न समेत अपिल गरेका छन ।
वसन्त जोशीको नेतृत्वमा रहेको संयुक्त व्यवसायी प्यानलको तर्फबाट कार्यसमिति सदस्यको उम्मेदवार बन्नुभएका पन्त बिजयी हुनेमा ढुक्क हुनुहुन्छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।