• १४ चैत्र २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भालुवाङमा स्वास्थ्य पुनस्र्थापना सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम




ओमप्रकाश गुप्ता
भालुवाङ । दाङको भालुवाङमा स्वास्थ्य पुनस्र्थापना सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजना एवम् लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।

महासंघका कोषाध्यक्ष अजय कुमार शर्माको अध्यक्षता एवम् स्वास्थ्य मन्त्रालयका सचिव डा. जर्नाधन पन्थीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालयको तर्फबाट स्वास्थ्य पुर्नस्थापना सम्बन्धि सम्पादित कार्यक्रमबारे जानकारी र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका व्यवस्थापक धिरेन्द्र विश्वकर्माले पुर्नस्थापना सेवालाई प्रकावकारी कार्यान्वयनका लागि सुझाव सहितको प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका बामदेव शर्मा, भौतिक पुर्वधार विकास मन्त्रालयकी सुभद्रा गौतम, सामाजिक विकास मन्त्रालयका दिवाकर भण्डारी, राष्ट्रिय अपाङ्ग महासंघका पुर्व केन्द्रिय सदस्य चिन्तामणी पौडेल, सामाजिक विकास महाशाखाकी कमला पौडेल र योजना अध्यक्ष मेघराज पौडेल लगायतकाले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन महासंघका प्रदेश परियोजना अधिकृत शिव घर्ती मगरले गरेका थिए ।

Facebook Comments