• २० मंसिर २०८०, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यान बनगाडमा भीरबाट लडेर १ जनाको मृत्यु




सल्यान । सल्यान बनगाडमा घाँस काट्ने क्रममा भीरबाट लडेर एकजना पुरुषको मृत्यु भएकोछ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका -१ अम्राका अन्दाजी ४५ वर्षीय दिपक कामीको मंगलबार बिहान भैसिलाइ घाँस काट्ने क्रममा घर नजिकैको बालुवासंग्रही नजिकैको भीरबाट चिप्लिएर मृत्यु भएको हो।

मंगलबार बिहान करिब ६ बजे कामी घरदेखि घाँस काट्न जङ्गलमा गएको बेला घाँस काट्ने क्रममा भीरबाट लडेर करिब ३० मिटर तल सडकमा खसि टाउको बजारिन पुग्दा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो।

स्थानीयले घटनाको जानकारी दिए लगतै इलाका प्रहरी कार्यालय देवस्थल र बालुवासङ्ग्रहिबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरि शव पाेष्टमार्टमका लागि पठाउने तयारी गरिएको प्रहरीले बताएकोछ ।

Facebook Comments