सुरज बुढाथोकीले कोरोना पीडितहरुको ज्यान बचाउन ‘नायकत्व’ भूमिका निर्वाह गरेका युवा व्यवसायि हुन् । अक्सिजन खरिद गरेर बिरामीहरुको ज्यान बचाउन अहम् भूमिका खेलेका उनले यो अभियानको सुरुवाती तीन दिन व्यक्तिगत रुपमै लागे ।
तर अक्सिजन खरिदका लागि सहयोग रकम जुट्दै जान थालेपछि उनले यो अभियानलाई संसथागत बनाएर जाने निर्णय लिए । अनि दाङ जिल्ला उद्योग वाणिज्य संघलाई यो अभियानको नेतृत्व सुम्पिए र अक्सिजनको व्यवस्थापनका लागि भने आफै खटिए । ‘रु एक हजार अभियान सुरु गरेपछि यो अभियानलाई देश बाहिर तथा देश भित्रबाट राम्रो सहयोग प्राप्त भयो,’ सुरज भन्छन् ‘पछि यो अभियानलाई संस्थागत रुपमा अघि बढाईनु पर्छ भन्ने सोँच आयो र यो अभियानको नेतृत्व उद्योग वाणिज्य संले लियो भने यसको व्यवस्थापनको भूमिकामा म रहेँ ।’
अक्सिजन खरिदका लागि बिराटनगर,पोखरा, चितवन, भैरहवा लगाएतका स्थानमा हारगुहार गर्नु परेको त्यो अवस्था सुरजको मानसपटलबाट गुमेको छैन । ‘सुरुमा गाडी सौजन्य मागेर पनि अक्सिजन ल्याउनका लागि व्यवस्थापन गरियो,’ उनी भन्छन् ‘पछि यसै अभियान मार्फत संकलन भएको रकमले गाडी भाडा तिरेर पनि अक्सिजन ल्याउन सफल भयौँ ।’
कोरोनाकालमा अक्सिजनको हाहाकार भोगेको दाङमा सुरजको यो अभियान ठूलो राहत बनिदिएको थियो । राता विरात केहि नभनी अक्सिजनकोे व्यवस्थापनमा लागेका सुरजले बेलझुण्डि स्थित कोरोना अस्पतालमा रहेका बिरामीहरुलाई अक्सिजन पुर्याउन ठूलो भूमिका खेले ।
यससंगै राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान लगाएतका अस्पतालहरुमा अक्सिजनको अभाव भएर छट्पटिएका बिरामीका लागि सुरज आफै अक्सिजन बनिदिए । यसका साथै घरमै अक्सिजनको अभावमा छट्पटीएका बिरामीहरुलाई समेत उनले अक्सिजनको व्यवस्थापन गरिदिएका थिए ।
कोरोनाकालमा बिरामीहरुको अक्सिजन बनेका सुरजको सामाजिक योगदान उँचो छ । सामाजिक अभियानमा आफूलाई जोडेका उनै सुरज अहिले व्यवसायिक नेता बन्ने दौडमा छन् । आगामी १३ गते हुन थालेको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा उनि सदस्यको उम्मेदवार बनेका छन् ।
२०७६ देखि व्यवसायमा जोडिएका छन् सुरज । ईलेक्ट्रिक स्कुटर तथा विद्युतीय घरायसी सामाग्रीको व्यवसाय थालेमा सुरजको व्यवसायिक यात्रा पनि निकै चुनौती पूर्ण छ । तथापी युवा जोशले हिम्मत हारेन, र त अहिले सफल युवा व्यवसायिको सुचीमा नाम दर्ज गरेका छन् उनले । २०७६ साल देखि व्यवसायको सुरुवात गर्दा कोरोनाको पहिलो चरण नेपाल छिर्यो । ब्यापार व्यवसाय ठप्प रहनु पर्ने परिस्थती बन्यो । ‘मैले ब्यापार सुरु गरेकै बर्ष कोरोना भित्रियो,’ उनि भन्छन् ‘मेरो व्यापार व्यवसाय त्यो बेला कस्तो भयो होला रु तैपनि हिम्मत हारेन र अहिले यो स्थानमा पुगेँ ।’
सुरज व्यवसायि मात्रै हैनन्, व्यवसाय सञ्चालनका पैरबी गर्ने ल्याकत राख्न सक्ने प्रशिक्षक समेत हुन् । २०७१ द्येखि २०७७ सम्म उनले व्यवसाय सञ्चालन गर्ने तौरतरिका सिकाए । जिआईजेडको परियोजना अन्तर्गत दाङ जिल्ला उद्योग वाणिज्य संघमा व्यवसायिक सल्लाहकारका रुपमा भित्रिएका थिए उनि । उनले त्यो बेला व्यवसाय सञ्चालन गर्ने तौर तरिका बारे व्यवसायिहरुलाई सल्लाह दिने काम गरे । ‘व्यवसाय कसरी सुरु गर्ने,बजारीकरण लगाएत व्यवसाय गर्दा के के कुरा अपनाउने भन्ने बिषयमा सल्लाह दिनु मेरो जिम्मेवारी थियो,’ सुरज भन्छन् ‘अन्य व्यवसायिहरुलाई सल्लाह दिँदै गर्दा म आफू पनि व्यवसायमै जोडिएँ ।’
२०६२ मै व्यवसायिक यात्राको प्रारम्भ गरेका थिए सुरजले । एक कम्प्यूटर ईन्सटिच्यूट खोलेर व्यवसायिक यात्रा थालनी गरेका सुरजले त्यो बेला अध्ययन यात्राका क्रममा व्यवसायिक यात्रालाई बीट मार्नु पर्यो । उनि बिए पास भएपछि एमए अध्ययनका लागि काठमाडौँ हानिए । आमसञ्चार र पत्रकारीता अध्ययनका लागि काठमाडौँ पुगेका सुरज यो अध्ययन पुरा गरेर पुनः दाङमै फर्किए । ‘आम सञ्चार र पत्रकारीताबाट एमएको अध्ययन पुरा गरेर म काठमाडौँमै बसेको भए म शायद व्यवसायिक पत्रकारीतामा जोडिन्थे होला, तर म दाङ फर्किएँ र व्यवसायिक कर्ममा लाग्ने निधो गरेँ ।’
व्यवसायिक संगै सामाजिक कर्ममा समेत आफूलाई आवद्ध गराउँदै आएका सुरज कमलरी मुक्तीको अभियानमा समेत जोडिए । कमलरी बिकास मञ्चमा डेढ बर्ष सम्म कार्यरत रहेका उनि पाँच जिल्लाको डकुमेन्ट अफिसर थिए । अढाई बर्ष अध्यापनमा समेत आफ्नो अनुभव संगालेका सुरज अहिले भने व्यवसायिक नेता भनेर व्यवसायिक हकहितका लागि उभिने निधो गरेका छन् । उनि भन्छन् ‘अहिले व्यवसायिहरुले भोगिरहनु परेको समस्यालाई समाधान गर्ने अठोट लिएको छु ।’
व्यवसायिक क्षेत्रमा स्थानीय तहहरुले पारेका केहि सुक्ष्म समस्या समाधानको उपाय देखेका छन् उनले । स्थानीय तहहरुसंग व्यवसायिक दर्ताको शूल्क,घरबहाल कर लगाएतका बिषयमा व्यवसायिहरुलाई सहजता प्रदान गर्ने निधो गरेका छन् सुरजले । यस अलावा बैंकको चर्को ब्याज दरको न्यूनिकरणका लागि पैरबी गर्नै पर्ने आवश्यक्ता समेत उनले देखेका छन् ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।