यही असोज १३ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा यदिबेला उम्मेदवारहरुले व्यवसायीहरुसँग घरदैलो अभियानलाई तीब्र बनाएका छन् । दाङ उवासंघ व्यवसायीहरुको हितमा काम गर्ने संस्था भएको हुँदा जिल्ला क्रियाशील राजनीतिक दलका व्यवसायीक संघ/संस्थाहरु प्यालन बनाएर निर्वाचनमा होमिएका छन् । सोही अवसरमा साझा समावेशी व्यवसायीक प्यानलमार्फत महासचिव पदमा उम्मेदवारी दिएका शालिकराम खनालसँग सिस्ने अनलाइनकर्मी भ्यूमान पुनले गरेको संक्षिप्त कुराकानी ।
१. स्वागत छ, हजुरलाई सिस्ने अनलाइनमा ?
– धन्यवाद, सिस्ने अनलाइन परिवारलाई ।
२. तपाईको उम्मेदवारी कुन पद र किन ?
– मेरी उम्मेदवारी महासचिव पदमा हो । दाङ जिल्ला उद्योग वाणिज्य संघलाई सक्षम र सबल बनाउन तथा उद्योगी, व्यवसायीहरुको समस्या पूर्ण रुपमा निराकरण गर्नका लागि मैले महासचिव पदमा उम्मेदवारी दिएको छु । सानादेखि ठूला व्यवसायीहरुको विभिन्न समस्याहरुलाई समाधान गर्नका लागि तीन वर्षको कार्ययोजना बनाइने छ । जसमा निम्नुसार रहेका छन्:
१. करसम्बन्धी – व्यवसायिक हकहितका लागि बैंकहरुले बढाएको व्यजहरुलाई १ अंकमा झार्ने प्रयास गरिनेछ ।
२. घरभाडासम्बन्धी – आधुनिक प्रणालीमा रहेर स्क्वायरफुडको आधारमा घरभाडा निर्धारण गर्न प्रयास गरिनेछ ।
३. दाङ जिल्लाको आर्थिक विकासका लागि कृषि, पर्यटन, उद्योग, घरेलु उद्योग, कच्चा पदार्थहरुको प्रशोधन गर्ने मेसिनहरु लगायतका कुराहरुलाई हामीले व्यवस्थित तरिकाले एजेण्डाको रुपमा तीन वर्षको कार्यकालको रुपमा प्रस्तुत गर्नेछौं ।
४. दाङ जिल्लाको संग्रह व्यवसायिक विकासको लागि सडक, अद्यौगित क्षेत्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र सुविधा सम्पन्न एयरपोर्ट यी चार आधाभूत कुराहरुलाई सम्पूर्ण व्यवसायिहरुको बुलन्द आवज लिएर सरकारको ढोका ढकढकाउने छु ।
३. चुनाव प्रचारप्रसारको अभियानलाई कसरी अगाडि बढाउनु भएको छ ?
– हामीले घरदैलो कार्यक्रम गरेर व्यवसायीहरुको पीडाहरु नोट गर्दै चुनाव प्रचारप्रसार अभियानलाई अगाडि बढाएका छौं ।
४. तपाईको चुनाव जित्ने आधार के छन् ?
– मेरो चुनाव जित्ने आधार भनेको म एउटा १७ वर्षदेखि व्यवसाय गर्दै हालसम्म निरन्तर व्यवसायी गरिरहेको छु । म महाचिव पदमा विजयी भएभने दोहोर पद कहिलेपनि लिने छैन् । व्यवसायी माझ मेरो राम्रो निस्वार्थ छवी छ । म मोबाइल तथा इलोक्ट्रोनि व्यवसायी संघ दाङ जिल्लाको नेतृत्वदायि भूमिका खेलिरहेको छु । त्यसैगरी तुलसीपुर चोकमा रहको सर्वाेत्तम बहुउद्देश्य सहकारी संस्थाको उपाध्यक्ष पदमा रही कार्य सम्पादन गरिरहेको छु । धारापानी सुनकोटमा रहेको भगवति देवी मन्दिरको सचिव पदमा रहेर कार्य सम्पादन गरिरहेको छु । यी विभिन्न संघ/संस्थामा रहेर अनुभवको आधारमा सम्पूर्ण व्यवसायी ज्यूहरुले विजयी गराउनुहुने छ भन्ने अपेक्षा लिएको छु ।
५. यदि तपाईले चुनव जित्नुभयो भने संस्था र व्यवसायीहरुको पक्षमा कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?
– सर्वप्रथम व्यवसायीका समस्याहरुलाई एकीकृत रुपमा समेटेर बृहत कार्ययोजना बनाइनेछ । जसमा कृषि, पर्यटन, अद्यौगिक क्षेत्र, कलकारखानाहरुको विकासको लागि ती योजना अनुसार काम गरिने छ । साथै दाङ जिल्ला उद्योग वाणिज्य संघले अहिलेसम्म गर्दै आइरहेका राम्रा कामलाई निरन्तरता दिइनेछ । स्थानीय सरकारसँग समन्वय गरी व्यवसायीहरुको सीप प्रवद्र्धन गर्नको लागि योजना अनुसारको काम अगाडि बढाइने छ । आर्थिक विकासको मेरुदण्डमा रहेको निजी क्षेत्र दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वदायी भूमिका मार्फत हरेक किसिमका समस्याहरुलाई क्रमागत रुपमा समाधान गरिनेछ ।
६. अन्त्यमा केही भन्नुछ ?
– हाम्रो यो साझा समावेशी व्यवसायीक प्यानललाई अमूल्य मतदान गरी विजयी गराउनका लागि आम उद्योगी, व्यवसायी, बुवाआमा, दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।