भ्यूमान पुन
घोराही । यही असोज १३ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न हुँदैछ । संघको निर्वाचन नजिकिदै गर्दा बजारमा उम्मेदवारहरुले व्यवसायीहरुसँग भेटघाटलाई तीब्र बनाएका छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेका दिपेन्द्र पुन मगर एक उत्कृष्ट व्यवसायको रुपमा परिचित रहेका छन् । पुन समाजसेवीदेखि लिएर विभिन्न संघ/संस्थाहरुको नेतृत्व गर्दै व्यवसायहरुको माझमा परिचित भएका हुन् ।
रोल्पाको कोर्चावाङमा जन्मिएका दिपेन्द्र पुन २०६२ सालमा दाङ आएर होटेल व्यवसायी सुरु गरेका थिए । दाङमा आएर करिब दुई दशक व्यवसायमा आवद्ध भएका पुन आफ्नो भन्दापनि संग्रह व्यवसायको पक्षमा नेतृत्व गरेर सबै उद्योगी र व्यवसायीको नजरमा लोकप्रिय पात्रको रुपमा स्थापित भएका छन् ।
दुई दशक लामो समयसम्म व्यवसायमा समर्पित हुँदै संघ/संस्थाको नेतृत्व गर्दै व्यवसायहरुकै हक र अधिकारका लागि काम गरेका पुनले अब बाँकी जीवनमा पनि व्यवसायहरुलाई सेवा दिने आफू प्रतिवद्ध रहने बताउँछन् ।
उवासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेका दिपेन्द्र पुनले व्यक्तिगत जीवन भन्दापनि व्यवसाययिक जीवनले मासिनलाई व्याबहारिक र जिम्मेवारी बोध बनाउने बताए । ‘आफ्नो जीवन र व्यवसाय जीवनमा धेरै फरक छ’ उनले भने ‘व्यक्तिगत जीनवमा आर्थिक मजबुद बनाउने हो । तर, व्यवसाय जीवनमा समाज रुपान्तर गर्नतिर ध्यानदिनुपर्ने हुन्छ ।’
अहिलेको उवासंघको निर्वाचनमा धेरै व्यवसायीहरुले राजनीतिक भन्दापनि व्यक्तिलाई भोट दिने मनसाय बनाएको पुनले व्यवसायहरुसँगको भेटको अनुवभ सुनाए । उनले निर्वाचनमा सम्पूर्ण उद्योगी र व्यवसायीलाई राजीतिक प्यानल भन्दापनि व्यक्तिलाई भोट दिन सबैमा अनुरोध समेत गरे ।
जीवनमा जति कमाएपनि मानिसलाई नपुग्ने र अब बाँचुनजेल समाजिक सेवामा लाग्ने भन्दै पुनले आफूलाई उवासंघको वरिष्ठ उपाध्यक्ष पदमा विजयी बनाए आफूले विसुद्ध व्यवसायीको हक र अधिकारका लागि काम गर्ने बताए ।
चुनाव जितेपछि व्यवसायको समस्याप्रति सहकार्य गर्ने र व्यवसायीहरुको समस्या पहिचान गर्ने र तथ्यांक संकलन गरी त्यसको समाधानको बाटोमा अघि बढ्ने पुनको भनाइ छ ।
२०६७ सालमा दाङ देउखुरी होटेल व्यवसायी समितिको कार्यसमिति सदस्य हुँदै विभिन्न समयमा कोषाध्यक्ष, उपाध्यक्ष र हाल वर्तमान अध्यक्ष रहेका छन्, भने होटेल व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेशका वर्तमान कोषाध्यक्ष समेत रहेका उनले सबै व्यवसायीहरुको मनमा जित्न सफल भएका छन् । वि.सं. २०५७ सालमा रोजगारीको लागि मलेसिया पुगेका पुन मलेसियामा ४ वर्षे बसेर घर फर्किएका थिए । पुन हाल विभिन्न संघ/संस्थाहरुमा आवद्ध रहेका छन् ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।