दाङ । जिल्लाको तुलसीपुरमा खुकुरी प्रहार गरी एक जना महिलाको हत्या भएको छ ।
शनिबार दिउँसो साढे २ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा स्थित भगवती टोल बस्ने अन्दाजी ४२ वर्षीय टेक बहादुर हमालले खुकुरी प्रहार गरी स्थानीय ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोख्रेलले बताए । खुकुरी प्रहारबाट थप दुई जना घाइते भएका छन् ।


खुकुरी प्रहारबाट सोही ठाउँका स्थानीय अन्दाजी ६५ वर्षीया चन्द्रकुमारी हमाल र उनको छोरा ४५ वर्षीय बिर बहादुर हमाल घाइते भएका छन् । उनीहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने हमाललाई प्रहरीले नियन्त्रणमा लिएका छ । घरबाट खुकुरी लिएर निस्किएका टेकबहादुर हमालले बाटोमा जसलाई भेट्यो उसैमाथि खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।



सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
