• २१ मंसिर २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ उवासंघ निर्वाचन: जोशीको प्यानलद्वारा घरदैलाे सुरू




दाङ । दाङ जिल्ला उद्याेग बाणिज्य संघको यही असाेज १३ गते हुने निर्वाचनकालागी घोराहीमा निर्वाचनको माहोल तातेकाे छ । निर्वाचन नजिकिदै गर्दा बसन्त जोशीको नेतृत्वमा रहेकाे संयुक्त व्यवसायी प्यानलले व्यवसायी भेटघाट एवं घरदैलाे सुरू गरेकाे छ । घोराहीमा रहेकाे एतिहासिक एवं धार्मिक गणेश मन्दिरमा पूजापाठसहित आशिर्वाद लिएर उम्मेदवारहरु घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

‘सुरक्षित व्यापार वर्तमानमा सम्मान, भविष्यमा परिणाम, संयुक्त व्यावसायिक प्यानललाई विवेक पूर्ण मतदान’ भन्ने मुल नारा सहित संयुक्त व्यावसायी प्यानलले प्रचारप्रसारमा सुरु गरेको हाे ।

उमेद्वार घरदैलो कार्यक्रममा गए संगै स्थानीय व्यावसायी उत्साहित भएका छन् । घर दैलो कार्यक्रममा व्यावसायिक सामु घुलमिल हुँदा व्यवसायी समस्याहरुलाई उमेद्‌वारहरुले नजिकै बाट नियाल्ने अवसर मिलेको छ । घरदैलाेका क्रममा व्यवसायीहरूले उमेद्वारहरूलाई जितकाे शुभकामना दिएका थिए ।

संयुक्त व्यावसायी प्यानलबाट अध्यक्षमा बसन्त जोशी, वरिष्ठ उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा भरतप्रसाद रेग्मी, बाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली र कोषाध्यक्षमा जगतप्रसाद आचार्य र सहकोषाध्यक्षमा माधव खनालकाे उमेद्वारी परेकाे छ ।

त्यसैगरी उद्याेग सदस्यमा विक्रम राना, महिला सदस्यमा लीला नेपाली, बस्तुगत सदस्यमा बिष्णुप्रसाद रिजाल, एसोसिट सदस्यमा युवराज पोख्रेल, खुल्ला सदस्यमा रुद्रबहादुर जैसी, दीपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, रामप्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, नोर्बु तामाङ र सुरज बुढाथोकी रहेका छन् ।

Facebook Comments