बिशाल घर्ती मगर
रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका – १ खलंगाबाट झुनेटा, नुवाकोट हुँदै खोलागाउँ जोडने सडक खण्डमा सवारी साधन आवागमनमा समस्या भएको छ ।
जिल्लाको त्रिबेणी गाउँपालिका वडा नम्बर ८ रुकुम पश्चिम र दार्मा गाउँपालिका वडा नम्बर ५ सल्यानको संयुक्त सडक खण्ड तथा त्रिबेणी गाउँपालिका वडा नम्बर ९ रुकुम पशिचम र दार्मा गाउँपालिका वडा नम्बर १ सल्यान नुवाकोटदेखि माथि चोरबाटो सडक खण्डको अवस्था जीर्ण बनेको हो ।
उक्त सडक खण्डको ठाउँ ठाउँमा पानि जम्माभएको, पानी पर्दा हिलो तथा घाम लाग्दा धुलोका कारण खलंगाबाट यात्रा तथा सामानहरु ओसारपसार गर्दा यात्रु र सवारीसाधनहरु मारमा पर्नेगरेको स्थानीयहरुको गुनासो रहेकोे छ ।
मुसिकोट १ खलंगाबाट झुनेटा हुँदै नुवाकोट जोडने सडक खण्ड त्यहाँको प्रमुख सडक खण्ड हो । सोलाबाङ , बैरागि ठाटी , काइए खोला , चौतारा हुँदै नुवाकोट जोडने छोटो बाटोको रुपमा सवारी साधन चलेको तर अहिले यो बर्खा यामको कारण त्यहाँ बाटो अबरुद्ध भएकोले अलि लामो बाटो भएपनि खलंगा , सोलाबाङ , बैरागि ठाटी , झुल्नेटा हुदै भेरी पोखरा , नुवाकोट , खोलागाउँ जोडने सडक दाङसम्म जोडने प्रमुख सडक हो ।
खलंगादेखि झुल्नेटासम्मको सडक खण्ड पिज गरिएको छ तर झुनेटा, भेरी पोखरा , नुवाकोट , खोलागाउँ जोडने सडक भने वर्षतको समयमा वर्षेनी खाल्डा खुल्डी तथा हिलाम्मे हुने गर्छ ।
स्थानीय वासीका अनुसार त्रिबेणी गाउँपालिकाले वर्षातको समय सुरुभएयता बाटो सफा नगरेको र खाल्डा खुल्डी नपुरेको बताउदै पालिकाले बाटोमा गाडी चलेकै छन् भनेर वास्ता नगरेको र दुई पाङग्रे सवारी साधनलाई आवात जावत गर्न निकै कठिन भएको बताएका छन् ।
यता त्रिबेणी गाउँपालिकाले भने अब वर्षातको समय सकिएको र उक्त सडक खण्ड दशैं अगाडिनै सफा हुने बताएको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।