घोराही । दाङको बङलाचुली गाँउपालिका कार्यपालिका सदस्य गणेश बिस्वकर्माले भट्किलो खर्चमा भैइरहेको विबाहको चलन लाई नयाँ ढङ्गले विबाह सम्पन्न गरेका छन।
सामाजिक क्षेत्रमा कृयाशिल एवं जनप्रतिनिधि गणेश बिस्वकर्माले बिद्यार्थी हरुको लागि श्री महेन्द्र माध्यमिक विद्यालय स्युजामा ५० हजार को अक्षयकोष स्थापना गर्नुभएको छ।
सानै उमेरमा राजनीतिक चेतना ,सामाजप्रती उत्तरदायी ,सामाजिक सद्भावनामा चासो,समाजमा आउने हरेक चुनौतीको सामना गरेर छुट्टै पहिचान बनाएका बिस्वकर्माले विबाह पनि समाजको लागि केही होस भन्ने उदस्य राखेर आफ्नो विबाह सम्पन्न गरेका हुन
आफूले एस. एल.सी उत्तिर्ण गरेको स्थानीय विद्यालयको बार्षिक परीक्षामा सर्वोत्कृष्ट हुने एक एक जना छात्र ,छात्रालाई प्रत्येक वर्ष जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने गरी पढाइमा थप प्रेरणा तथा सहयोग मिलोस् भन्ने उद्देश्यका साथ आफूहरुले अक्षय कोषको स्थापना गर्न लागेको नव विवाहित जोडीले बताउनुभयो ।
समाजमा सुधार र परिवर्तनको सुरुवात आफैबाट गर्ने भन्दै उहाँहरूले विवाहमा हुने खर्च कटौती गरेर गणेश पवित्र वैवाहिक अक्षयकोष खडा गर्न लागेको बताउनुभयो । उहाँहरुको यो विवाह अन्तर्जातीय विवाह समेत हो उहाँहरूले भर्खरै मात्र दाङ्ग जिल्ला अदालतबाट अदालती बिबाह गर्नुभएको छ । उहाँहरूले दुवैजनाको परिवारकै सहमतिमा अन्तरजातीय विवाह गरेको बताउनुभयो । कुनैपनि प्रकारको परम्परागत धार्मिक रितिथिति भन्दा पर रही परम्परादेखि गरिँदै आएको विवाहमा गरिने खर्चलाई सामाजिक कार्यमा लगानी गर्दै वैवाहिक सम्बन्धलाई गौरवपूर्ण इतिहासको रुपमा विकास गर्न अदालतिय विवाह गरेको उहाँहरुको भनाई छ ।
कुनैपनि प्रकारको परम्परागत धार्मिक रितिथीती भन्दा प्रगतिशील संस्कारलाई अवलम्बन गरेर जाने भन्दै समाजलाई पनि त्यसमा केन्द्रित गर्दै समाजमा नयाँ सन्देश दिने विश्वकर्माको भनाई छ । विश्वकर्मा हाल बंगलाचुली गाउँकापालिकाको गाउँकार्यपालिका सदस्य र स्थानीय तहको न्यायीक समितिका सदस्य समेत हुनुहुन्छ भने दलित अधिकारकर्मी , सामाजीक अभियान्ता सँगै नेपाली कांग्रेस दाङ्गको युवा नेता पनि हुनुहुन्छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।