• २१ मंसिर २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
काङ्ग्रेस घोराहीले दीप प्रज्वलन गरी संविधान दिवस मनायो




दाङ। संघीय गणतन्त्र नेपालको संविधान जारी भइ आठौं बर्षमा प्रवेश गरेको अवसरमा आज देशैभरी उल्लासका साथ संविधान दिवस मनाएको छ ।

नेपाली काङ्ग्रेस घोराही नगर समितिले घोराही उपमहानगरपालिका -१४ लखन पर्कमा दीप प्रज्वलन तथा नेपालको झण्डा अनावरण गरि संविधान दिवस मनाएका छन् ।

नेपाली काङ्ग्रेसका विभिन्न तहका नेता, ब्यापारी ,बुद्धिजीवी , समाजसेवी लगाएत सम्पूर्णले मैनबत्ती बालेर संविधान दिवस मनाएका हुन ।

नेपाली काङ्ग्रेस केन्द्रको निर्देशन अनुसार दीप प्रज्वलन कार्यक्रम गरिएको नगर सभापति तिलक रावतले बताए ।

प्रमुख अतिथि समेत रहनु भएका नेपाली काङ्ग्रेस दाङ सभापति शंकर प्रसाद डांगीले कार्यक्रमलाई सम्बोधन गर्दै सहिदहरुको योगदानले निर्माण भएको संविधानको सबैले पूर्णरुपमा कार्यान्वयन गर्नु पर्ने बताए  । उनले मौलिक अधिकारका विषय संविधानमा ग्यारेन्टी गरिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको र संविधान पूर्णरुपमा कार्यान्वयन गर्ने दायित्व तीन तहकै सरकार, नागरिक, राष्ट्रसेवक कर्मचारी सबैको भएको बताए ।

नेपाली काङ्ग्रेस दाङका सभापति शंकर प्रसाद डांगिको प्रमुख अतिथी तथा घोराही नगर सभापति तिलक रावतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब पुष्पराज आचार्यले गरेक थिय ।

Facebook Comments