घोराही । विगत १० वर्षदेखी व्यवसायीक क्षेत्रमा क्रियाशिल प्रेमबहादुर बुढा मगरले यही असोज १३ गते हुन लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको छ । उहाँले नेकपा एमाले निकट रामप्रसाद पोखरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानलबाट कोषाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका १ कुरेलीबाट दाङमा आई राम्रो व्यवसायिक सफलता भेट्न सफल बुढा मगर यस पटक व्यवसायिक हितका लागि काम गर्ने चुनावी एजेण्डाका साथ चुनावी मैदानमा सफलता भेट्नका लागि होमिनु भएको छ ।
कुरेलीमा जन्मिनु भएका प्रेमबहादुर बुढा मगर रोल्पाबाट दाङ झरेका रोल्पालीहरुमा माझ मात्रै होईन दाङका सबै व्यवसायी माझ लोकप्रिय मानिनु हुन्छ । दाङ घोराहीबाट एक वर्षमा पाँच पटक नुन बोकेर पैदल रोल्पा पुग्नु भएका बुढा मगरको जिवनको व्यक्तिगत संघर्षका साथै उहाँको व्यवसायिक संघर्ष र सफलता पनि बेग्लै छ ।
उहाले घोराही १४ नयाँ बसपार्कमा बुढा हार्डवेयर तथा घोराही १० नारायनपुरमा न्यू मनकामना ईट्टा उद्योग सञ्चालन गर्दै आउनु भएको छ । यसका साथै बुढा मगरले जन एकता बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको कोषाध्यक्ष, दाङ जिल्ला मगर संघको उपाध्यक्ष भएर पनि सफल जिम्मेवारी पुरा गर्दै आउनु भएको छ । प्रेमबहादुर बुढा मगर उद्योगी तथा व्यवसायीहरुमाझ लोकप्रिय उम्मेद्वारका रुपमा चिनिनुभएको छ ।
आफ्नो लामो व्यवसायीक सफल अनुभवलाई अव सम्पुणर् व्यवसायीको नेतृत्व गर्दै व्यवसायिक हितका लागि खर्चने सोचका लागि चुनावमा होमिएकाले आफु र आफ्नो प्यानलले जित्नेमा ढुक्क भएको बुढा मगरले बताउनु भयो ॥

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
