• २९ आश्विन २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ उवासंघ निर्वाचन: काङ्ग्रेस माओवादी सहितको समर्थनमा जोशीको नेतृत्वमा उम्मेदवारी दर्ता




घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको यहि असोज १३ गते हुने निर्वाचनमा नेपाली  काङ्ग्रेस निकट व्यापारी संगठन  प्रजातान्त्रिक उद्यमी संघका र नेकपा माओवादी केन्द्र निकट व्यापारी संगठन नेपाल उद्याेग व्यापार संगठन,  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट व्यापारी संगठन अखिल राष्ट्रिय व्यापार उद्योग व्यापार संघ र  राष्ट्रिय जनमोर्चा निकट व्यापारी संगठन  राष्ट्रिय व्यापार तथा  उद्योग व्यापार महासंघको संयुक्त रूपमा उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्षमा वसन्त जोशी , वरिष्ठ उपाध्यक्षमा नरेश निखिल श्रेष्ठ, उद्योग उपाध्यक्षमा भरत राज रेग्मी, बाणिज्य उपाध्यक्षमा लिलाराम खड्का , महासचिवमा महेन्द्र बुढाथोकी , सचिबमा बिकास वली, कोषाध्यक्षमा जगत आचार्य र सहकोषाध्यक्षमा माधब खनालले उम्मेदवारी दर्ता गरेको हुन ।

साथै महिला सदस्यमा लिला नेपाली ,उद्योग सदस्यमा विक्रम राना, एसोसिएट सदस्यमा युवराज पोख्रेल, बस्तुगत सदस्यमा विष्णु प्रसाद रिजाल , बाणिज्य सदस्यहरुमा निमबहादुर बुढाथोकी, युवराज पन्त, दिपक पंडित , सुरज बुढाथोकी, पुष्पराज न्यौपाने, रुद्र बहादुर शर्मा, नर्वे तामाङ र रामप्रसाद पोख्रेलले दर्ता गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

Facebook Comments