घोराही । यहि असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा नेपाली काङ्ग्रेस निटक व्यापारी संगठन प्रजातान्त्रिक उद्योमी संघले निवर्तमान उद्योग उपाध्यक्ष वसन्त जोशिको नेतृत्वमा जाने निर्णय गरेलगत्तै भएको केहि असन्तुष्टि देखिएपछि नेपाली काङ्ग्रेस दाङको पहल सम्पूर्ण असन्तुष्टिको आज शनिबार अन्त्य भएको छ ।
बागी उम्मेदवार दिएका जोशिलाई टिकट दिएपछि असन्तुष्ट जनाउदै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकीले उम्मेदवार सच्याउनुपर्ने माग समेत गरेका थिए ।
नेपाली कांग्रेसले असन्तुष्ट समूहसँग हिजो शुक्रबारदेखि लगातार छलफल गर्दै आएको र आज शनिबार बिहानको छलफलले विवाद मिलेको नेपाली काङ्ग्रेस दाङको कोषाध्यक्ष एबं पार्टीको प्रतिनिधि प्रकाश सुबेदीले जानकारी दिनुभयो ।
उक्त छलफलमा टंक सिंह बुढाथोकीको नेतृत्वमा चुनावी अभियानमा जाने समेत निर्णय भएको र पार्टीको आधिकारिक उम्मेदवार जोशी नै भएको पार्टी प्रतिनिधि सुवेदी बताउनुभयो ।
उक्त छलफलमा नेपाली काङ्ग्रेस दाङका सभापति शंकर प्रसाद डाँगी , सचिव अर्जुन योगी कोषाध्यक्ष प्रकाश सुवेदी, सदस्य रेख बहादुर वली , असन्तुष्ट समूह र अध्यक्ष पदका उम्मेदवारको सहभागी रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
