• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा मझेरी रोधी घर सञ्चालनमा




घोराही। दाङको घोराहीमा करिब एक करोड ५० लाखको लगानीमा मझेरी रोधी घर सञ्चालनमा आएको छ । घोराही १५ बिपि चोक क्यापिटल हस्पिटालिटि रहेको भवनबाट सञ्चालनमा आएको मझेरी रोधी घरको सोमबार एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको हो ।

क्रियटिभ ग्रुपद्वारा उक्त रोधी घर सञ्चालनमा आएको हो । क्रियटिभ ग्रुपका अध्यक्ष महेन्द्र बुढाथोकी अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको हो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी बुढाथोकीले आर्थिक मन्दिका कारण व्यवसायी पलाएन हुने क्रम बढ्दै गएका बेला स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सञ्चालन गर्नु प्रशंसनिय भएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमले शुभकामना दिदै लोक कला र सस्कृतिको बिकासका लागि दोहोरी साझले महत्त्वपूर्ण भूमिका खेल्ने छ र आफ्नो गुणस्तरियतालाई ध्यानमा राख्दै सरसफाई र खाद्य स्वच्छतामा जोड दिनुपर्ने समेत बताउनुभयो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बुढाथोकीले हामीले काठमाण्डौंकै अनुभुती हुने गरि व्यवस्थितरूपमा दोहोरी साँझ सञ्चालन गरेका छौं, उहाँले भन्नुभयो,घोराही लगायत दाङमै रात्रीकालिन व्यापारलाई समेत टेवा पुग्ने बताउनु भयो । हामिले कला , संस्कृति संरक्षण गर्दै
अहिले ३० जनालाइ रोजगारी समेत दिएको बताए ।

क्रियटिभ ग्रुपका सदस्य प्रेम शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्रियटिभ ग्रुपकै सदस्य राजेन्द्र दाहालले गर्नुभएको थियो ।

उक्त रोधी घरमा दिउसोको समयमा अरु रेष्टुरेन्टहरूले जस्तै नियमि सेवा उपलब्ध हुने छ भने प्रत्येक दिन बेलुकी ६ बजे देखि पारिवारिक वातावरणमा लोक संस्कृतिलाई जगेर्ना गर्ने गरि दोहोरी साझ सञ्चालनमा रहने छ ।

Facebook Comments