• २२ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा डेंगु किटजन्य रोगहरुसम्बन्धी सचेतनामूलक कार्यक्रम




कमल खड्का
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकामा डेंगु लगाएत किटजन्य रोगहरुसम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । औलो, कालाजार,डेंगु जस्ता खतरानाक रोग लामखुट्टेको टोकाइ बाटनै लाग्ने हुँदा लामखुट्टेको बासस्थान खोजी गरि यसको लार्भा नष्ट गर्ने लक्ष्यका साथ सचेतनामुलक कार्यक्रम गरिएको हो ।

रुन्टीगढी गाउँपालिकामा पनि यस्को जोखिम बढेको हुँदा यस्तो कार्यक्रम गरिएको हो । बजार प्ररिक्रमा गर्ने क्रममा बजार क्षेत्रमा खुल्ला बाहिर राखिएका भाडामा जम्मा भएको फोहोर पानी पोखाउने तथा पानी जम्मा भएको खाल्डा खुल्डी पुर्ने लगाएतका कार्यहरु गरिएको हो । रुन्टीगढी गाउँपालिकाको प्राङ्गनबाट सुरु भएको कार्यक्रम होलेरीको भित्री बजार हुदै जुर्नेटामा पुगेर कोणसभामा परिनत भएको थियो ।

बजार सरसफाइ गरि बजार क्षेत्रका जनसमुदायलाई औलो, कालाजार, स्क्रब टाइफस, डेंगु जस्ता खतरानाक रोगबाट बचाइ स्वस्थ बनाउने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएका स्वास्थ्य शाखा प्रमुख गण्ोश बुढाले जानकारी दिनु भयो । विशेष गरि अव्यबस्थित बसोबास भएको बजार होलेरी पनि पर्ने हुदा सचेतनाको कमी तथा लाप्रबाहीले पनि यी रोगहरु फैलिन सक्ने हुदा यस्तो अभियान गरिएको उहाँले बताउनु भयो । औलो, कालाजार, स्क्रब टाइफस, डेंगु जस्ता खतरानाक रोग जथाभावी फोहोर तथा धेरै दिन खुल्ला भाडामा पानी जम्मा भएर हुने भएकोले खुल्ला भाडामा धेरै दिन सम्म पानी जम्मा नगर्न पनि उहाँले बजार बासीलाई सुझाब दिनु भएको छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरी बजार क्षेत्र प्राकृतिकरुपमा जतिकै सुन्दर छ त्यतीकै यहाँको अब्यवस्थित बसोबासको कारण कुरुप हुदै गएको छ । बिशेष गरि रुन्टीगढी गाउँपालिकाको ठुलो तथा मुख्य बजार मानिने होलेरीको जुर्नेटाको अगाडी भागमा केही सफा देखिए पनि पछाडीको भागमा बङगुर पालन तथा ब्यबस्थित सौचालय नहुदा दङगुरै दङगुरको बजार भन्दा फरक नपर्ने बजार भएको छ ।

रुन्टीगढी गाउँपालिकामा एक जना डेंगुको बिरामी फेला परे स्वास्थ्य शाखा तथा रुन्टीगढी गाउँपालिकाले सरसफाइमा कडाइ गरेको छ । सोमबार गरिएको सचेतनामुलक अभियानमा केही बजार बासीले राम्रो साथ दिएका पनि भने केही ब्यक्तिले अटेरी गर्न खोजेको रुन्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता के सीले जानकारी दिनु भएको छ । यसरी आफ्नो लागि सचेत गराउदा पनि अटेरी गर्नेलाई कानुनी कारबाही समेत गर्न सकिने पनि उहाँले बताउनु भयो । कार्यक्रम बोल्दै यो अभियान गाउँपालिकाको लागि मात्र नभई रुन्टीगढी वासी आफ्नै लागि भएको बताउँनु भयो । अहिले यसरी गर्नु पर्छ भनेर सचेत मात्र गराएको तर यस कुराको बेवास्ता गरेमा आवश्यकता अनुसार प्रत्येक महिना नगर प्रहरी खताएर भए पनि अनुगन तथा कारबाही गर्न गाउँपालिका तयार रहेको बताउनु भयो ।

रुन्टीगढी गाउँपालिका स्वास्थ्य संयोजक गणेश बुढाको सहजीकरणमा भएको कार्यक्रममा उपाध्यक्ष सरिता केसी, प्रशासन प्रमुख सानबाबु खड्का,गाउँपालिकाका कर्मचारी स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी,बजार व्यवस्थापक, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

Facebook Comments