• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महेन्द्र क्याम्पसमा ५५ प्रतिशतले शुल्क वृद्धि, शुल्क तत्काल फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी




घोराही । अखिल (क्रान्तिकारी) दाङले महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा वृद्धि गरिएको शिक्षण शुल्क तत्काल फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका संयोजक प्रशान्त पोख्रेलले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्ववियुको सिफारिसमा क्याम्पसले विए र बिबिएस तहमा ५५ प्रतिशतले शिक्षण शूल्क वृद्धि गरेको भन्दै विद्यार्थीको ढाड सेक्नेगरी बढाइएको वार्षिक शिक्षण शुल्क तत्काल फिर्ता नगरे क्याम्पस प्रशासन र स्ववियुको विरुद्ध कडा आन्दोलन जाने चेतावनी दिएका छन् ।

महेन्द्र बहुमुखी क्याम्पस दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सिफारिसमा बि.ए. र बि.बि.एस तहमा अध्ययनरत विद्यार्थीको वार्षिक शिक्षण शुल्कमा ५५% प्रतिशत शुल्क वृद्धि गरेकोप्रति हाम्रो संगठन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस मुल इकाइ समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ ।

सामान्य जनताका छोराछोरीले अध्यययन गर्ने त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसमा विद्यार्थीको ढाड सेक्ने गरि गरिएको शुल्क तत्काल फिर्ता गर्न हुनका लागि क्याम्पस प्रशासन समक्ष जोडदार माग गरेको कुरा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तो विज्ञप्तिको पूर्णपाठ :

प्रेस विज्ञप्ति
हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) राष्ट्रियता, जनतन्त्र, जनजिविका तथा वैज्ञानिक र गुणस्तरीय शिक्षाका लागि निरन्तर संघर्षरत छ l
यसै सन्दर्भमा महेन्द्र बहुमुखी क्याम्पस दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सिफारिसमा बि.ए. र बि.बि.एस तहमा अध्ययनरत विद्यार्थीको वार्षिक शिक्षण शुल्कमा ५५% प्रतिशत शुल्क वृद्धि गरेकोप्रति हाम्रो संगठन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस मुल इकाइ समितिको गम्भीर ध्यानाकर्षण भएको छ l

सामान्य जनताका छोराछोरीले अध्यययन गर्ने त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसमा विद्यार्थीको ढाड सेक्ने गरि गरिएको शुल्क तत्काल फिर्ता गर्न हुनका लागि क्याम्पस प्रशासन समक्ष जोडदार माग गर्दछौ ।

अन्यथा, अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस समिती क्याम्पस प्रसाशन र स्ववियु बिरुद्द कडा आन्दोलन गर्न बाध्य हुनेछ , त्यसको जिम्मेवार स्वयम क्याम्पस प्रशासन हुने चेतावनी दिन चाहन्छौ ।

प्रशान्त पोख्रेल
संयोजक
अखिल (क्रान्तिकारी)
म.ब. क्याम्पस समिति,दाङ

Facebook Comments