• २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा बस दुर्घटना, ८ जना घाइते




दाङ । दाङमा सवारी साधन दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ८ अस्वाराका तिलक बहादुर रोका, तुलसीपुर १७ बगौसीका २२ बर्षिया अन्जु चौधरी, रोल्पाको परिवर्तन गाउँपालिका ६ घर भई हाल घोराही भरतपुर १५ बस्दै आएका ३५ बर्षिया दिल कुमारी बुढा, २६ बर्षिया निता बुढा रहनु भएको छ ।

त्यस्तै घोराही ११ खैराका ४६ बर्षिया नम्रता पोख्रेल, घोराही ११ जोगेनाका ४२ बर्षिया घनश्याम बस्नेत, घोराही १० नारायणपुरका ३६ बर्षिया मनकुमारी खत्री, घोराही १५ का ४३ बर्षिया मिना गिरी रहनु भएको छ ।

तुलसीपुर १८ संग्रामखोला नजिकै सोमबार बिहान सवा ९ बजे घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख १३१२ नम्बरको बसको स्ट्रिंङ फेल भएर सडकको छेउमा पल्टिदा दुर्घटना भएको हो ।

घाईते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको र अबस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो । घटनालगत्तै बस र चालक घोराही १० नारायणपुरका ५० बर्षिय प्रेम योगीलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments