कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम सी विप्लवले कपिलवस्तुमा धान रोपेर श्रम उत्सवको उद्घाटन गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय उत्पादन योजना अन्तर्गत आज शुक्रबार कपिलवस्तुको शिवगढीमा धान रोपेर श्रम उत्सवको उद्घाटन गरेका हुन् ।
उद्घाटनको अवसरमा महासचिव विप्लवसहित सहभागी नेता-कार्यकर्ता , कलाकारहरुले युजिन पोत्तरले रचेको कम्युनिस्ट अन्तरास्ट्रिय गीत गाउँदै धर्ती हामी श्रमिकको हो होइन जाली झेली काँतरहरुको भनेर सन्देश दिए ।
महासचिव विप्लवले उद्घाटनका अवसरमा संक्षिप्त सन्देश दिदै आत्मनिर्भर उत्पादन , आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेता-कार्यकर्ता बनाउने उद्धेश्यले पार्टीले देशभर उत्पादनका काम गरिरहेको र सोही अवसरमा कपिलवस्तुमा धान रोपेर श्रम उत्सवको औपचारिक रुपमा सुरुवात गरिएको बताए ।
उद्घाटनपुर्व महासचिव विप्लवसहित हातहातमा धानका बीउ समाएका नेता-कार्यकर्ता , कलाकार , पत्रकार लगाएत सहभागीहरुले उत्साहका साथ इन्द्रेनी टिमलाई समेत स्वागत गरेका थिए ।
उद्घाटनपछिको धान रोपाइँमा इन्द्रेनी टिमका कलाकार छत्र शाहिले महासचिव विप्लवसहितका नेता-कार्यकर्ता सहितका सहभागीहरुसंग धान रोप्दै “असाढ रोपेका धान कार्तिक काटिन्छ , यस्तै कृषि गर्यो भने मन मुटु साटिन्छ”भनेर गितको भाकासहित श्रम उत्सवमा झनै सुनमा सुगन्ध थपेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।