आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपालले घरेलु टोली जिम्बावेसँगको खेलमा राम्रो सुरुवात गरेको छ ।
नेपालले ३८.२ ओभरको खेल सकिँदा २ विकेट गुमाई २ सय रन बनाएको छ ।कुशल भुर्तेल ९९ रनमा आउट भएका थिए ९५ बलको सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे त्यसै गरि आसिफ शेखले १०० बलको सामना गरेका उनले ७ चौकाको मद्धतले ६६ रन बनाएर आउट भएको हुन । । अहिले कप्तान रोहित पौडेल ११ र कुशल मल्ल १६ रन बनाएर खेलिरहेका छन् ।
आजदेखि सुरु हुने विश्व कप छनोटमा नेपाल रहेको समूहमा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ ।
समूह ुबीु मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।