दाङको घोराही उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरुमा आगामी शुक्रबारसम्म पठनपाठन बन्द रहने भएको छ । आजसम्म पठनपाठन स्थगित गरिएको भए पनि अत्यधिक गर्मीका कारण विदा थप गरिएको हो ।यसअघि जेठ २६ गतेदेखि ३१ गतेसम्म गर्मी बिदा गरेको घोराही नगर प्याब्सनले आज एक विज्ञप्ति जारी गरी शुक्रबारसम्म बिदा थपेको जानकारी दिएको छ । संस्थागत विद्यालयहरु जेठ २६ बाटै बिदा भए पनि सामाजिक विकास महाशाखा घोराहीले जेठ २८ गतेदेखि आगामी शुक्रबार असार १ गतेसम्म गर्मी विदा दिएको थियो ।
अब घोराहीका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा असार ३ गते आइतबारबाट पठपाठन हुने भएको छ । नेपालमा अझै मनसुन भित्रिनसकेको र लामो समयदेखि दाङमा पानी नपरेका कारण गर्मी अत्यधिक बढ्दै गएको छ । गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ । अत्यधिक गर्मीमा बाहिर ननस्किन, घरभित्रै बस्न र बाहिर निस्कन परे पनि गर्मी कम भएको समयमा छाता प्रयोग गरेर मात्र निस्कन चिकित्सिकहरुले सुझाएका छन् ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
