• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा पोषणमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण




देउखुरी । दाङको राप्ती गाउँपालिकाको आयोजनामा पोषणमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार पालिकाको सभा हल मसुरीयामा सम्पन्न भएको छ।

कार्यक्रममा आधारभूत पोषण, बहुक्षेत्रीय पोषण योजना, पोषणको अवस्था, अवधारणा र सुधारका प्रयासबारे छलफल भएको जनाईएको छ।

त्यस्तै कार्यक्रममा पोषणमैत्री स्थानीय शासनको अर्थ,पोषणमैत्री राष्ट्रिय कार्यविधि सोच,लक्ष्य ,उदेश्य र रणनीति ,पोषणमैत्री स्थानीय घोषणाका विभिन्न तहहरु,पोषणमैत्री स्थानीय घोषणाका विभिन्न निकायहरुको भुमिका ,पोषणमैत्री स्थानीय तह घोषणाका सूचकहरु बारेमा जानकारी गराइएको थियोे ।

कार्यक्रममा राप्ती गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका अध्यक्ष एवंम गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा पालिका उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर
ओली, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र विषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण बहुक्षेत्रीय पोषण योजनाका लुम्बिनी प्रदेश संयोजक भूमिश्वर शर्मा र प्रशिक्षक विकास ज्ञवालीले गर्नु भएको थियो।

Facebook Comments