• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टोलका पदाधिकारीहरुलाई लागू औषध दुव्र्यसन




घोराही १७ मा रहेको निर्णय  पुनस्र्थापना  केन्द्रले लागू औषध दुव्र्यसन बिरुद्ध सचेतना कार्यक्रम गरेको छ । घोराही उपमहानगरपालिका वडा नंम्वर १५ सँगको सहकार्यमा केन्द्रले विहिबार कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा टोल विकास संस्थाका पदाधिकारीहरुलाई लागू औषधबिरुद्ध सचेतना प्रदान गरिएको हो । घोराही १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको अध्यक्षता तथा  वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक तुलबहादुर विकको प्रमुख अतिथ्यतामा सम्पन्न गरिएको हो ।
दैनिक रुपमा बढ्दै  गएको लागु औषध दुव्र्यसनलाई रोक्ने विषयमा टोल विकास संस्थाबाटै प्रयास थाल्नुपर्ने वडा अध्यक्ष पाण्डेले बताउनुभएको थियो । वडा सदस्य उत्तम बुढाथोकीले लागु औषध दुव्र्यसनमा कोही  पनि फस्न नहुने र फसेकालाई  सुधार केन्द्र सम्म पुराएर समाजमा पुनः स्थापित  गर्ने काममा सबै लाग्नु पर्ने बताउनु भएको थियो । कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक विक र  निर्णय पुनस्र्थापना केन्द्रका परामर्शदाता  विष्णु वलीलेले प्रशिक्षण दिनुभएको थियो ।।
Facebook Comments