• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आजदेखि घोराही र तुलसीपुरका विद्यालयमा गर्मी विदा 




घोराही ।  अत्याधिक गर्मि बढ्न थालेपछि दाङको घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका क्षेत्रका विद्यालयमा गर्मी विदा दिइएको छ । तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा २६ गतेदेखि जेठ ३० गतेसम्म गर्मी विदा गरिएको छ ।
गर्मीका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने सम्भावना भएकाले भोलि २६ गतेदेखि जेठ ३० गतेसम्म तुलसीपुरका क्षेत्रका विद्यालयहरूमा गर्मी विदा दिइएको हो ।
तुलसीपुर शिक्षा समितिले सामुदायिक र संस्थागत विद्यालयलाई तोकिएको मितिसम्म विद्यालय बन्द गर्न निर्देशन समेत दिएको छ ।
घोराही क्षेत्रका हकमा भने घोराही नगर प्याब्सनले भोलि जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म संस्थागत विद्यालयमा गर्मी विदा गरेको छ । घोराही नगर प्याब्सनले एक विज्ञप्ति जारी गरी जेठ ३१ गतेसम्म विद्यालयमा पठनपाठन स्थगित गरेको जानकारी दिएको छ ।
साथै दादुरा रूवेला विरूद्धको खोप केन्द्र रहेका विद्यालयले खोप तालिका अनुसार खोप कार्यक्रम मिलाउन पनि अपील गरिएको छ ।
Facebook Comments