• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्युत प्राधिकरण तुलसीपुरमा भएको घोटालाप्रति नेकपा पश्चिम दाङको गम्भीर ध्यानाकर्षण




तुलसीपुर । नेपाल विधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा भएको घोटालाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै नेपाल विधुत प्राधिकरण तुलसीपुर वितरण केन्द्र तुलसीपुर दाङ कार्यालयले विधुतसंग सम्बन्धित सपोर्ट पिलेट लगाएतका सामानहरु कार्यालयका सिमित कर्मचारीको मिलेमतोमा अनाधिकृत ढंगले बाहिर विक्री वितरण गरेको विषय बाहिर आएपछी बिज्ञप्ति जारी गरि पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

बिज्ञप्तिमा भनिएको छ – ‘नाटकीय ढंगले विक्री भएको सामान कार्यालयमा फिर्ता लिएको र सो घटनालाई गुपचुप पार्ने तरिकाले साम्य पार्ने योजनासहित गोप्य बैठक बसेको भन्ने समेत जानकारी आएको हुदा हाम्रो पार्टी नेकपा पश्चिम दाङको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयको सत्य र सहि सुचना आम जनताहरुको माझमा पुर्याउन वा जानकारीको लागि यो प्रेस बिज्ञप्ति जारी गरिएको छ ।’

बिज्ञप्तिमा घटनाको ढाकछोप र सत्यतथ्य लुकाएर बाहिर ल्याउने प्रपन्च भएको , कार्यालय प्रमुखको प्रत्यक्ष संलग्नतामा फिल्डमा दलालहरुबाट यस्ता खालका कयौं विकृती हुने गरेका , सरकारी कार्यालयमा हुने सबैखाले व्यथितिहरुको बारेमा आम जनतालाई सुसज्जित गर्दै कडा संघर्ष गरिने समेत स्पष्ट गरिएको छ ।

यस्तै बिज्ञप्तिमा प्राधिकरणको तुलसीपुर वितरण केन्द्रमा देखिएको घटनामा संलग्न दोषी कर्मचारी वा जो कोहिलाइ कानुनी कारवाही गरि यथार्थ र सत्यतथ्य कुरा बाहिर ल्याउन समबन्धित निकायलाइ गम्भीरतापुर्वक आग्रह गरिएको छ । साथै कुनै किसिमको बाहानाबाजी गरि सत्य घटनालाई ढाकछोप गरिएमा त्यसको शसक्त प्रतिवाद गर्ने र त्यसबाट निस्कने परिणाम समबन्धित पक्षले नै व्यहोर्ने समेत जानकारी गराइएको छ ।

यता घटनाको बिसयमा प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख ज्ञान बहादुर फर्सालले बसपार्कमा ट्रकमा जाँदै गरेको सामानलाइ कार्यालयमा पुनः ल्याइसकेको बताए । ट्रकमा लोड भएको सामानमा स्टिल , प्लेट लगाएतका प्राधिकरणमा आएका अन्य सामानहरु भएको प्रमुख फर्सालले बताएतका छन् ।
डेलिन्युजराप्तीसंग कुरा गर्दै प्रमुख फर्सालले घटनाको विषयमा छानवीन समिती गठन गरिने र दोषीलाई कारवाही गरिने समेत बताए ।

Facebook Comments