• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ट्राफिक सचेतना सिकाउँदै विद्यार्थीहरु




दाङ। जिल्लामा सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले पछिल्लो समय संक्रियता बढाउदै लगेको छ ।
ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा सर्वसाधारण नागरिक, चालक र विद्यार्थीहरुलाई लक्षित गरेर ट्राफिक सचेतनामलक कार्यक्रम गर्नका साथै विद्यार्थीहरुलाई सडकमै लगेर प्रोगात्मक अभ्यास समेत गराउने गरेको छ ।

सोही अन्तर्गत बुधवार ट्राफिक प्रहरी र कोलम्बिया दाङ एजुकेशनको सहकार्यमा घोराहीको भानु चोकमा ट्राफिक प्रहरीसँगै विद्यार्थीहरु खटिएका थिए । उनीहरुले चोकमा आउने सवारीसाधनहरुलाई रोक्दै चालकहरुलाई अनिवार्य लाइसेन्स प्राप्त गरेपछि मात्रै गाडी चलाउनुपर्ने,लाइसेन्स,बुलवुकसँगै बोक्नुपर्ने,हेल्मेन्टको फित्ता लगाउनुपर्ने, क्षमताभन्दा बढी यात्रु बोक्न नपाइनेलगायतका बारेमा सिकाई रहेका थिए ।
उनीहरुलाई जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक किरणप्रकाश मल्ललगायतका ट्राफिक प्रहरीहरुले सहयोग गरेका थिए ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि आम नागरिकसँगै बालबालिकालाई सिकाउने उद्देश्यले विद्यार्थीहरुसँगै सचेतना कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमख प्रहरी निरीक्षक किरणप्रकाश मुल्ल बताउनु हुन्छ  । चोकमा सवारीसाधन कसरी चलाउनेदेखि पैदलयात्री कसरी हिड्ने,कसरी सडक पार गर्नेलगायतका बारेमा चालकहरुसँगै विद्यार्थीलाई सिकाउने गरिएको उनले बताए ।

विद्यार्थीहरुसँगै चालकहरुलाई पनि सचेतनासँगै उनीहरुको आँखाको जाँच समेत ट्राफिक प्रहरीले गर्दै आएको ट्राफिक प्रहरी प्रमुख मल्लले बताए । ‘सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रमहरुसँगै हामीले चालकको स्वास्थ्यजाँच पनि गर्ने गरेका छौ’,ट्राफिक प्रहरी प्रमुख मल्ले भने,‘जस्ले गर्दा स्वास्थ्यका दृष्टिले समेत चालकहरु गाडी चलाउनका लागि योग्य छन कि छैनन् भनेर समेत छुट्याउने काम भैरहेको छ ।’

जिल्लामा अधिकांस दुर्घटनाहरु तीव्र गतिका कारण हुने गरेको भन्दै मल्लले तीव्र गतिका कारण हुने सवारी दुर्घटना रोक्नका लागि ट्राफिक प्रहरीले ‘राडार गन’ प्रयोग गर्नका लागि पहल गरिरहेको बताए ।

Facebook Comments