• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लोकदोहरीमा नयाँ पहिचान बनाउँदै सिमा थापा




गुल्मी । गुल्मी मुसीकोटमा जन्मिएकी सिमा थापा पछिल्लो समय चर्चित लाइभ दोहोरी गायिकाको रुपमा स्थापित हुनुभएको छ ।

विगत चार वर्षदेखि लोक दोहोरीमा उदाएकी थापाले दर्जनौं लाइभ दोहोरीमा स्टेज गरिसक्नुुभएको छ भने चार वटा एम्बममा स्वर दिनुभएको छ । उहाँको नयाँ एल्वम् सार्वजनिक हुने तयारी छ ।

अँध्यारोमा हिडेको, हिड्दाहिड्दै बत्ती निभेको बोलको नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको थापाले जानकारी दिनुभयो । सो एल्वममा ओम सेञ्चुरी र सिमा थापाले स्वर दिनुभएको छ ।

लोकदोहोरी क्षेत्रमा थुप्रै गायिकाहरुको आगमन भइरहँदा मौलिक आवाजकी धनि सिमा दर्शकमाझ रोजाइको केन्द्रमा पर्न थाल्नुभएको छ । उहाँले राजु परियार, रेशम निर्दोष, सागर बिसी, सुमन परियार, शीतल गुरुङ, बालचन्द्र बराल लगायत धेरै गायकहरुसँग दोहोरीमा निकै जोडी जमाउनुभएको छ ।

Facebook Comments