• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस, प्रहरी र समुदायबीच अन्तरक्रिया




घोराही । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा प्रहरी र समुदायबीच अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कायालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा दिवसको अवसरमा जातीय भेदभाव तथा छुवाछुत नियन्त्रण बिशेष अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागीहरुले अझैपनि समाजमा जातिय भेदभाव तथा छुवाछुत रहेको भन्दै जातिय भेदभाव विरुद्ध सचेत हुन आवश्यक भएको बताएका थिए । परम्पागत, धार्मिक तथा सांस्कृतिको नाममा हुने जातिय भेदभाव अन्त्यकालागी सबै समुदाय सचेत हुन आवश्यक रहेको उनीहरुको भनाई थियो । सबैज जतजातिबीत भेदभावको परम्परा भएपनि दलित समूदायमाथीको छुवाछुत व्यवहार ग्रामीण क्षेत्रमा बढि मात्रामा भएको सहभागीहरुले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक विरबहादुर वलीले समाज र प्रहरीबीचको सहकार्य र समन्वयबाट मात्र शान्तिपूर्ण समाज निर्माण गर्न सकिने भएकाले प्रहरीलाई सुचना दिएर सहयोग गर्न सहभागीहरुलाई अनुरोध गर्नुभयो । जातिय भेदभावका घटनाहरु कमै मात्रामा प्रहरी कहाँ आईपुग्ने गरेको उहाँको भनाई थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले समुदाय र प्रहरीको साझेदारीमा जातिय छुवाछुत तथा भेदभाव उन्मूलन गर्न सकिने बताउनुभयो । उहाँले यसकालागी प्रहरीलाई साथ दिन जातिय विभेदविरुद्धका अभियान्ताहरुलाई अनुरोध गर्नुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले वडामा कसैले जातकै आधारमा विभेद गर्छ भने त्यसको सुचना वडा कार्यालयलाई गराउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी, जिल्ला प्रशासन कार्यालय दाङका अधिकृत चनद्रबहादुर केसी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष आर.के.शीतल, विश्व हिन्दु शिल्पी संघका केन्द्रिय अध्यक्ष केशव नेपाली, सीसा नेपालका अध्यक्ष साजिदा सिद्धिकी, दलित संघका केन्द्रिय सचिव देवका नेपाली, सहभागीहरु लक्ष्मी घमाल, कमला देउजा, मुक्ती वादी, यमराज नेपाली, युवराज नेपाली, सुशील परियार, सरदकुमार शर्मा, ईश्वर वादी, चूर्णबहादुर परियार लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण प्रहरी जवान बिनोद आचार्यले गर्नुभएको थियो ।

 

Facebook Comments