• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा पूर्वी दाङको प्रशिक्षण कार्यक्रम, देशको परिवर्तन चाहनेहरु ध्रुवीकरण हुनुपर्नेमा जोड




घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङको पार्टी सदस्यहरुको एरियास्तरीय संयुक्त प्रशिक्षण सम्पन्न भएको छ । पार्टीको आयोजनामा शनिबार घोराहीमा रहेको साइ मन्दिरको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार सदस्य सुन्दर सीले चेतनाको विकास गरेरमात्र देशको आमूल परिवर्तन सम्भव हुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले शनिबार घोराहीमा आयोजना गरेको पार्टी सदस्यहरुको एरियास्तरीय संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सीले नेपालमा दलाल पुँजीवादी व्यवस्था असफल भएको भन्दै अब त्यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुपर्ने कुरामा जोड दिँदै आम नागरिकमा चेतनास्तर विकास हुनुपर्ने बताए । नेपालमा कम्युनिस्ट पार्टीहरु धेरै भएतापनि देश र जनताको अधिकारका लागि लड्ने पार्टी भनेको विप्लवले नेतृत्व गरेको नेकपा मात्र भएको हुँदा देशको परिवर्तन चाहने सबै आफ्नो पार्टीमा एकीकृत हुनुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङका इन्चार्ज सम्झना सीले क्रान्तिकारी पार्टीमा योगदान र त्याग गर्नु महत्त्वपूर्ण कुरा हुने बताइन् । उनले अहिले आफूहरु एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने अभियानमा निरन्तर अगाडि बढिरहेको उद्घोष गरिन् ।

नेपालमा क्रान्तिकारी, माओवादी, कम्युनिस्टहरु इमान्दार देशभक्त शक्तिहरु ध्रुवीकरण हुनुपर्ने आजको आवश्यकता भएको भन्दै नेता सम्झनाले दलाल संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनका लागि यो देशमा ध्रुवीकरण, सहकार्य र कार्यगत एकता हुनुपर्ने उनको भनाइ थियो ।

नेता सम्झनाले सभ्य समाज निर्माणका लागि पार्टीले सी जातिको अवधारणा ल्याएको र सी जातिमा एउटै समाज र सुन्दर हुने सी जातिभित्रका मानिसहरूमा जन्म, विवाह र मृत्युको आफ्नै संस्कार रहेको बताइन् ।प्रशिक्षणात्मक मन्तव्य दिँदै इन्चार्ज सम्झनाले पार्टीको मुख्य अंग भनेकै संगठनहरु भएको भन्दै संगठन निर्माण र विस्तारलाई मजबुत बनाउदै लग्नुपर्ने नेताकार्यकर्तालाई निर्देशन दिइन् ।

नेकपा कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदीप सीले नेपालमा दलाल संसदीय व्यवस्था असफल भइसकेको बताए । संसदीय व्यवस्थाको संकटले राष्ट्र र जनताको जीवन बर्बाद हुने दिशातिर गइरहेको छ । उनले थपे , ‘ अहिलेको बिधमान व्यवस्थाको संकटले जनता र राष्ट्रको जीवन दिनप्रतिदिन कंगाल हुने दिशातिर गइरहेको छ । यो बेलामा सबैले सोचौं । यसको निकास भनेको यो व्यवस्थाको परिवर्तन गर्नु हो त्यसका लागि हाम्रो पार्टी समाजवादी मोर्चा बनाएर संकटको निकासका लागि छलफल गर्न तयार छ । हामी एकताबद्ध हुनैपर्छ । हामी सच्चा कम्युनिस्ट , बामपंथी , लोकतन्त्रवादीहरुको विचमा बृहत मोर्चाबन्दी गर्न चाहान्छौ तर त्यसको एउटै सर्त हो कि देशलाइ निकास दिनका लागि व्यवस्था फेरौ । वैज्ञानिक समाजवादी राज्यव्यवस्थाले मात्रै अहिलेको संकटको निकास दिन सक्छ । हामी समाजवादका लागि सबैसँग सहकार्य हातेमालो गर्दै अघि बढ्न चाहान्छौँ ।’

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले पार्टीको केन्द्रीय, राप्तीब्यूरो र जिल्लाका निर्णयहरुको सर्कुलर बाचन गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका ३ नम्बर एरिया इन्चार्ज किसन सीको अध्यक्षता एवं पार्टीका केन्द्रीय सल्लाहकार समितिका सुन्दर सीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सी, पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम दाङ जिल्ला इन्चार्ज प्रदीप सी, पार्टीका पूर्वी दाङका सेक्रेटरी जनक सी लगायतको सहभागी रहेको थियो ।

दिनेश सीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण पार्टीका ४ नम्बर एरियाका इन्चार्ज महान सीले गरेका थिए ।

Facebook Comments