• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भारतले साम्राज्यवादी रूप देखायो- राजमो




दिनेश रैदास
दाङ । राष्ट्रघाती नागरिकता बिधेयकको खारेजी र भारतद्वारा लुम्बिनी , कपिलवस्तु लगायतका नेपाली भूमि भारतीय नक्सामा समावेश गरेको बिरूद्ध शुक्रबार राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर समितिले विरोध सभाको कार्यक्रम गरेको छ ।

यसअघि संसदले पारित गरेको तर तात्कालिक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेर राखेको नागरिकता विधेयक हालै राष्ट्रपति रामचन्द्र पोैडेलले प्रमाणीकरण गर्नुभएको थियोे । अंगिकृत नागरिकता पाएकाहरूबाट जन्मेका सन्तानलाई र नेपालमा जन्मेका गैर नेपालीका सन्तानलाई समेत जन्मका आधारमा बंसजको नागरिकता दिने प्रावधान सहित नागरिकता विधेयकको प्रमाणीकरणका विरूद्ध राष्ट्रिय जनमोर्चाले देशव्यापी बिरोधका कार्यक्रमहरू गर्दै आएको छ ।

दाङ तुलसीपुरको विपि चोैकमा भएको विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला समितिका सदस्य तथा तुलसीपुर नगर समितिका अध्यक्ष इश्वरी प्रसाद भण्डारीले नागरिकता बिधेयकका माध्यमबाट देश फिजीकरणको दिशामा गएको भन्दै नेपाली वीर शहिदले जोगाएको देश नेपालका कथित प्रजातन्त्रवादी, कथित जनवादी, कथित समाजवादीहरूले भारतीय साम्राज्यबादको पाउमा चढाउन कोसिस गरेको बताउनुभयो ।

जवारलाल नेहरूको पालादेखि भारतले नेपाललाई गाभ्न खोजेको बताउदै भारतको इच्छा नेपालका राष्ट्रघाती नेताहरूले पूरा गर्न खोजेको उहाँले बताउनुभयो । अध्यक्ष भण्डारीले सभालाई सम्बोधन गर्दै राष्ट्रपतिबाट देशको राष्ट्रियताको घाँटी निमोठ्ने काम गरेको बताउदै मातृभूमिको रक्षाका लागि जनता एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

विरोध सभालाई नेपाल कम्युनिस्ट पार्टी (मसाल) दाङ जिल्ला प्रबक्ता भरत भण्डारीले भारतको संसदमा नेपाली भूमि समेत समावेश गरिएको नक्सा सार्वजनिक गरेर साम्राज्यवादको असली रूप देखाएको बताउनुभयो । भारतले नेपालको सयोैं ठाउँमा हज्जारौं हेक्टर जमिन कब्जा गरेको , अहिले पनि नेपाली भूमी कालापानीमा भारतीय सैनिक अखडा राखेको, सुस्ता, पशुपतिनगर लगायतका सयोै ठाउमा नेपालको भूमि अतिक्रमण गरेको बताउँदै उहाँले भारतीय शासक बर्गको हेपाह प्रवितृका विरूद्ध नेपाल कम्युनिस्ट पार्टी (मसाल) चरणबद्ध अन्दोलनमा रहेको बताउनुभयो ।

विरोध सभालाई सम्बोधन गर्दै संघीयताका कारण देशको साधारण खर्च अस्वभाविक रूपमा बढ्न गई देशको अर्थतन्त्र धराशायी हुन पुगेको बताउनुभयो । आफ्नो पार्टीले शुरूदेखि नेपालका लागि संघीयता गलत भन्दै बिरोध गरेको तर ठुला भनिएका पार्टीहरूको हठका कारण संघीयता लागू भएको बताउँदै प्रवक्ता भण्डारीले संघीयता खारेज नभए देश असफल राष्ट्रमा परिणत हुने र यहि माैका छोपी छिमेकीले झन धेरै हडप्ने बताउनुभयो ।

विरोध सभालाई अखिल नेपाल किसान महासंघका दाङ जिल्ला अध्यक्ष ऋषिराम पोैडेलले संचालन गर्नुभएको थियो ।

Facebook Comments