• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १४ मा तिन महिने सिलाई कटाई तालिम सम्पन्न




घोराही ।घोराही उपमहानगरपालिका वडा नंम्वर १४ मा आधारभुत तिन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । वडा कार्यालयको ७५ हजार रुपैयाँको बजेटमा सञ्चालन गरिएको तिन महिने तालिममा ४१ जना महिलाहरुको सहभागिता रहेको थियो ।

वडा अध्यक्ष भानसिं बुढाको अध्यक्षता तथा घोराही उपमहानगरपालिकका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य एवं प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेको विशिष्ठ आतिथ्यमा समापन कार्यक्रम गरिएको थियो । महिलालाई सिपसँग जोडेर स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको वडा अध्यक्ष बुढाले बताउनु भयो । तालिमको प्रमुख प्रशिक्षकमा आरति सिंह बिष्ट र माया नेपाली रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले सिकेको सिपलाई दैनिक जिवनमा लागु गरेर आर्थिक आम्दानी गर्न अव महिलाहरु अग्रसर हुनुपर्ने बताउनु भयो । उहाँले सिलाई कटाई पेशामा मान्छेको रुचि र चाहना अनुसार फरक फरक डिजाईनका कपडा सिलाएर ग्राहकलाई सन्तुष्ट पार्दै आम्दिानी लिनुपर्छ भन्ने सोचका साथ काम गर्न प्रशिक्षार्थिहरुलाई सुझाव दिनुभयो ।

कर्याक्रममा प्रशिक्षार्थिका तर्फबाट बोल्दै तारा एसके र सुनिता चौधरीले सिकेको सिपलाई व्यवहारमा लागु गर्दै स्वरोजगार हुने बाटोमा अघि बढ्ने बताउनु भएको थियो । वडा सदस्य मोहन श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव तिलक डाँगीले गर्नुभएको थियो ॥

Facebook Comments