• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा भोलि एकदिने रोजगार मेला सञ्चालन हुने




घोराही । घोराहीमा भोलि शुक्रबार  एकदिने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सञ्चालन हुने भएको छ । घोराही उपमहानरपालिका सामाजिक विकास महाशाखा तथा रोजगार सेवा केन्द्रले बिहीबार  घोराहीमा पत्रकार सम्मेलन गरी उक्त मेला आयोजना गरिएको जानकारी दिएको हो ।

घोराही उपहानगरको जनशक्तिलाई स्थानीय उद्योग/ व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउँन सहयोग प¥याउँने सो मेलाको उद्देश्यले रहेको आयोजनले जनाएको छ । मेलाले विद्यार्थी तथा युवाहरुलाई वृत्ति परामर्शको सेवा प्रदान गर्ने तथा रोजगारीको खोजीमा रहेका युवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याएर आ–आफ्नो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्नमा विशेष सहयोग पु¥याउने समेत बताइएको छ ।

घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले आम नागरिलाई सुसूचित गर्ने उद्देश्यले रोजगार मेलाको आयोजना गरिएको बताए । उनले यो कार्यक्रमले विदेश पलायन हुने धेरै युवालाई रोक्न भन्दै रोजगार मेलाको अभ्यास यत्तिकैमा सीमित नभएर निरन्तर आगामी दिनहरुमा आयोजना गरिने कुरामा जोड दिए ।

मेलामा वृत्तिविकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिने, सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी दिइने, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमसम्बन्धी जानकारी दिइने, रोजगारको अवसर प्राप्त गर्न सकिने र स्थानीय उत्पादहरुको प्रदर्शनी गरिने भएको मूल आयोजनक समितिले जनाएको छ । त्यस्तै मेलाबाट विद्यार्थीहरु तथा युवाहरुले वृत्ति परामर्श सेवा प्राप्त गर्ने, बेरोजगारी युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजागरी प्राप्त गर्ने, उद्योग तथा व्यवसायिहरु उपलब्ध जनशक्तिबारे जानकारी पाउँने लगायतका उपलब्धीहरु प्राप्त हुने आयोजकले अपेक्षा रहेको छ ।

एकदिने रोजगार मेलामा करिब २ हजार ५ सय जनासम्मको सहभागिता रहने अनुमान गरिएको छ । रोजगार मेलाको समुद्घाटन जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले गर्ने भएका छन् ।

मेला घोराहीमा रहेको होटेल माला इनमा हुने उक्त रोजगार मेला बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुनेछ ।

 

 

Facebook Comments