• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ जिल्ला कबड्डी संघको अध्यक्षमा डाँगी




दाङ । दाङ जिल्ला कबड्डी संघ गठन भएको छ । दाङ जिल्लाका कबड्डीका सहायक प्रशिक्षक तथा लुम्बिनी प्रदेश चिफ कोच शिबबहादुर बिकको अध्यक्षतामा भएको भेलाले कुलबहादुर डाँगीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो ।

संघको उपाध्यक्षमा रेश्मा योगी, सचिबमा पुरणबहादुर बिश्वकर्मा, कोषाध्यक्ष भगवती अधिकारीलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा भिमबहादुर थापा, टोपेन्द्र थापा, देबिका नेपाली घिमिरे, शरद बिष्ट र दुर्लभ श्रेष्ठ चयन हुनुभएको छ । यस्तै भेलाले टोपेन्द्र देबिका नेपाली घिमिरेलाई प्रदेश प्रतिनीधि चयन गरिएको छ ।

संघ गठनका अबसरमा अखिल नेपाल कबड्डी संघका केन्द्रीय अध्यक्ष तुलसा थापा, दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुब आचार्य, दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख शान्ति सोमै थापाको सहभागीता रहेको थियो ।

 

Facebook Comments