• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीका सार्वजनिक स्थानमा पिउने पानीको व्यवस्था




तुल बहादुर कवँर मगर
देउखुरी । राप्ती गाउँपालिका वडा नम्बर पाँच पुन खोलाका सुकदेव उचही मगर प्रायःजसो घरायसी सामान किनमेल गर्न सोही वडाकै सिसहनियाँ बजार पुग्ने गर्नुहुन्छ। घण्टौको पैदल यात्रा गरि बजारसम्म पुग्दा बिच बाटोमा कतै पिउने पानी व्यवस्था रहेको छैन ।

पहाडबाट बजारसम्म झर्दा पानी तिर्खाले घाँटी समेत सुक्ने गरेको उहाँले बताउनुभयो। पानी पिउनकै लागि उहाँलाई अरुको घरमा या होटलहरुमा धाउनु पर्ने बाध्यता रहेको थियो ।

होटल र अरुको घरमा पानी माग्न जानू पर्दा आफैंलाई अफ्ठारो लाग्थ्यो उहाँले भन्नू भयो ‘कुनै बेला त पानी किनेर समेत पिउने गरिन्थ्यो।’

तर केही दिन यता भने उहाँको त्यो समस्या हटेर गएको छ।

राप्ती गाउँपालिकाले यात्रु तथा बजारमा किनमेल गर्न आउने नागरिकहरुलाई सहज रुपमा निशुल्क स्वच्छ पानी पिउनको व्यवस्था गरे पछि सो समस्या समाधान भएको हो।

पालिकाले सिसहनियाँ बजार क्षेत्रमा स्वच्छ पिउने पानीको धारा जडान गरिदिए पछि उचही मात्रै हैन उहाँ जस्ता यस क्षेत्रमा आउने सयौं नागरिकहरुलाई स्वच्छ पानी पिउन सहज भएको छ।

हामीलाई जुनसुकै समयमा पनि पानी आवश्यक पर्छ,त्यसमा पनि गर्मी याममा त अझै बढी चाहिन्छ,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भन्नुभयो ‘यात्रुहरु तथा बजारमा किनमेल गर्न आउने नागरिकहरुलाई स्वच्छ पिउने पानी निशुल्क रुपमा खुवाउने उदेश्यले बजार क्षेत्र तथा सार्वजनिक स्थलहरुमा पानीको धाराहरु जडान गर्न लागेका हौं।’

पहिलो चरणमा सिसहनियाँ बजार क्षेत्रमा धारा जडान गरेको बताउदै अध्यक्ष विष्टले आगामी दिनहरुमा अन्य बजार तथा सार्वजनिक ठाउँहरुमा पनि धारा जडान गरिने बताउनुभयो ।

धारा जडान भएपछि यात्रु तथा बजारमा किनमेल गर्न आउने नागरिकहरुलाई निकै सहज भएको स्थानीय मोहन भण्डारीले बताउनुभएको छ।

धाराको मासिक शुल्क भने प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था सिसहनियाँ र सिसहनियाँ उद्योग वाणिज्य संघ सँग समन्वय गरि भुक्तानी गरिने बताइएको छ।

Facebook Comments