• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गल्ने र नगल्ने फोहोरको बर्गीकरण घरबाटै गर्ने अभियानको शुरुवात




घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को गोर्खा टोल विकास संस्थाका ६० घरधुरीलाई गल्ने फोहोर राख्नका लागि वेष्टविन प्रदान गरिएको छ ।

घोराही उपहानगरपालिकाको गल्ने फोहोर व्यवस्थापनका लागि जापान सरकार तथा संयुक्त राष्ट संघिय विकास कार्यक्रम युएनडिपीको सहयोगमा वडा नम्बर १४ र १५ का सबै घरधुरीलाई उक्त वेष्टविन प्रदान गरिने भएको छ ।

उक्त भाँडोमा गल्ने फोहोर मात्रै राख्नुपर्ने छ । नगरको सरसफाई व्यवस्थापन शाखाको सहजिकरणमा गोर्खा टोलमा कार्यक्रम गरि वेष्टविन प्रदान गरिएको हो । नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे र शाखा प्रमुख लक्ष्मण अधिकारीले टोल विकास संस्थाका पदाधिकारीहरुलाई प्रतिबद्धता पत्र सहित ति वेष्टविन हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले गल्ने फोहोर र नगल्ने फोहोर छुट्टयाएर नगरको गाडीमा राखिदिन अनुरोध गर्नुभयो । गल्ने फोहोरबाट ग्यास र मल उत्पादन हुने छ भने नगल्ने फोहोर नगर खरिद गर्ने समेत उहाँले जानकारी दिनुभयो । नगरले निश्चित बार तोकेर गल्ने र नगल्ने फोहोर उठाउने गाडीको व्यवस्था गर्ने छ । १२ सय घरधुरीलाई उक्त वेष्टविन प्रदान गरिने छ ।

Facebook Comments