• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीले विविध कार्यक्रम गरि १६ औं गणतन्त्र स्थापना दिवस मनायाे




तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिकाले १६ औं गणतन्त्र स्थापना दिवसको अवसरमा जेठ १५ गते अर्थात हिजो साेमबार विविध कार्यक्रम गरि मनाएको छ।

दिवसको अवसरमा पालिकाले पालिका परिसरमा करिब पचास वटा अम्ब जातकाे फलफुलकाे विरुवा राेप्नुका साथै पालिकाकाे कार्यलय देखि लुम्बिनी प्रदेश सभाकाे कार्यलयके गेट माैेरीघाटसम्म राजमार्गकाे दुबै तर्फ सरसफाई गरेकाे छ।

सरसफाइ कार्यक्रमपछि बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गणतन्त्र स्थापन पछि देशमा धेरै उपलब्धि भएको उल्लेख गर्दै प्राप्त गणतन्त्रकाे संस्थागत विकास र रक्षा गर्नका लागि सम्पूर्ण नेपालीहरु एक जुट हुनुकाे विकल्प नरहेको बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले प्राप्त उपलब्धिहरु रक्षा गर्नका लागि संविधानले दिएको हरेक मुलभूत पक्षहरू कार्यनयन गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष विष्टले गणतन्त्र स्थापनाका लागि सहिद,घाइते ,अपांग ,बेपत्ता भएका व्यक्तिहरु प्रति उच्च सम्मान गर्दै वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा सहभागी सम्पूर्णहरुलाई गणतन्त्र दिवसको शुभकामना सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

उक्त वृक्षारोपण तथा सरसफाइ कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि,कृयाशिल राजनितिक दल प्रमुखहरु ,पुर्व जनप्रतिनिधिहरु,पालिका भित्रका सम्पूर्ण संघसंस्थाका प्रमुखहरु, सुरक्षाकर्मी , शिक्षक, विद्यार्थी , पत्रकारहरु लगायत आम सर्वसाधारण नागरिकहरूकाे सहभागीता रहेको थियो ।

२०६२/०६३ को १९ दिने जनआन्दोलनले दुई सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरेपछि १५ जेठ २०६५ मा गते जननिर्वाचित संविधानसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियाे ।

देशको शासन व्यवस्था नै परिवर्तन भइ गणतन्त्रात्मक व्यवस्था शुरु भएकाे दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ।

Facebook Comments