• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बुटवलको लुम्बिनी केबुलकार सञ्चालनमा




बुटवल  । लुम्बिनी प्रदेशमै पहिलो पटक बुटवलमा स्थापना भएको लुम्बिनी केबुलकारले व्यावसायिक सेवा शुरु गरेको छ ।
धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित बुटवलबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबुलकारले सोमबारदेखि व्यावसायिक सेवा शुभारम्भ गरेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिल्यान्यास गरेको यो केबुलकार व्यावसायिकरुपमा सञ्चालनमा आएको हो । कुल पाँच अर्ब रुपैयाँ लागतको आयोजनामध्ये पहिलो चरणमा केबुलकारमा डेढ अर्ब लगानी भएको छ भने टप स्टेशनमा साढे तीन अर्ब लागतमा पाँचतारे होटेल, क्यासिनो, सात सय जना क्षमताको सेमिनार हललगायत संरचना निर्माणको चरणमा छन् ।
तीन वर्षअघि स्थानीय लगानीकर्ताको आग्रहमा व्यावसायिक घराना आईएमई ग्रुपले नेतृत्व गरेपछि लुम्बिनी केबुलकार निर्माणले गति लिएको हो । सोमबार केबुलकारको बटम स्टेशनमा पण्डितहरुबाट धार्मिक विधि अनुसार पूजाआराधना गरेपछि केबुलकार सञ्चालन शुरु भएको हो । बुटवलको वडा नं। ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं। ३ वसन्तपुरमा टप स्टेशन रहेको केबलकार दुई दशमलव छ किलोमिटरको दूरी रहेको छ । बटम स्टेशनबाट १० मिनेटमा टप स्टेशनमा पुग्न सकिन्छ ।
एउटा गोण्डोलामा आठजना यात्रा गर्न मिल्ने २५ वटा गोण्डोला रहेको केबुलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले बताउनुभयो ।
केबुलकारको टप स्टेशन वसन्तपुरमा कामाख्या देवीको मन्दिर बनाइएको छ । केबुलकार सञ्चालनसँगै कामाख्या मन्दिर दर्शन गर्नेको चहलपहल बढ्ने विश्वास आयोजकले लिएका छन् । कामाख्यादेवी मन्दिर र बसन्तपुरकोे चिसो हावापानीले विशेषगरी भारतीय पर्यटक र हिन्दू धर्मावलम्बीलाई आकर्षित गर्ने दाबी अध्यक्ष ढकालको छ ।
टप स्टेशनमा पाँचतारे होटेल र क्यासिनो बनेपछि दैनिक ५ हजार भारतीय पर्यटक भिœयाउने लक्ष्य रहेको अध्यक्ष ढकालको दाबी छ । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबुलकार सञ्चालनमा ल्याइएको हो । यसले पाल्पाको वसन्तपुर क्षेत्र मात्र नभएर त्यसको आधार स्टेशन रहेको बुटवल र यस आसपासको पर्यटन विकाससँगै आर्थिक गतिविधिलाई चलायमान बनाउने छ । सातवटै प्रदेशमा केबुलकार सञ्चालन गर्ने योजनामा रहेको आईएमई ग्रुपको यो तेस्रो केबुलकार हो ।
यसअघि चन्द्रागिरी र मौलाकालिका केबलकार सञ्चालनमा आइसकेका छन् । केबुलकारले बुटवल उपमहानरपालिका र तिनाउ गाउँपालिकालाई प्रत्येक टिकट शुल्कको दुई प्रतिशत सेवा शुल्क वापत छुट्याएको छ । केबुलकार चढ्न एक हजार शुल्क निर्धारण गरिएको छ । विद्यार्थी र स्थानीयलाई भने शुल्कमा २५ प्रतिशत छुट दिने जनाएको छ ।
Facebook Comments