राजतन्त्रमा राजदरबारको संरक्षणमा चोरी निकासी गरिएका केही थान ऐतिहासिक,पुरातात्त्विक र बहुमुल्य मुर्तिहरु गणतन्त्र आए पछि बिदेशका म्युजियमहरुमा भेटिए । नभेटिएका र अत्तोपत्तो नभएका त कति बेचिए बेचिए?सुमिता,नमिता नामका किशोरीहरुलाई दरबारियाले नै पशुवत बलात्कार गरेर हत्या गरि फाले।कसैले चुइक्क बोल्न पाइएन।प्रविण गुरुङ्ग लोकप्रिय गायकलाई जाँड खाएर लरखराउदै आएको पारस शाहको गाडीले लखेटी लखेटी हानेर मा¥यो।कुकुर मरे सरह भयो। कसले बोल्न पाउने ? यस्ता घटना त कति कति ? सुन्दर सुन्दर युवतीहरु दरवारमा बोलाउदै दरवारियाले खेलौना बनाएर फालेका, मारेका घटना त कति कति ?
आफ्नै नेपाली जनता मार्न सेना परिचालन गर्न नमानेका अलिक उदारवादी देखिएका राजा बिरेन्द्रको बंश नाश हुने गरि लखेटी लखेटी कत्लेआम गरियो।ज्ञानेन्द्रको कोही कसैलाई पनि हल्का चोट नै लागेन।रहस्य खुल्ने डरले मार्न छुटेका केही मान्छे रारामा लगेर खसालियो!बोल्न पाउने कसले?बिरेन्द्रको बंशनाश पछि सत्ता हत्याएका ज्ञानेन्द्रले आम जनताको नैसर्गिक अधिकारमा पनि अंकुश लगाएर बोल्न र स्वतन्त्रता पुर्वक हिड डुल समेत गर्न नपाउने गरि निरंकुशता लादे!पार्टीहरु प्रतिबध लागे नेताहरु नजरबन्द परे।दरबारियाहरु रहस्य खुल्ने डरले त्रिभुवन सदन भत्काउन व्यस्त भए।बोल्न सक्ने को थियो ?
आम नेपालिको चाहना बिरेन्द्रको हत्यारा पत्ता लागाइयोस र सार्बजनी रुपमा फाँसी दिइयोस भन्ने थियो।केही मान्छे कपाल मुन्डन गरेर सडकमा आए।तर सबभन्दा सुरुमा मारिएको दिपेन्द्रलाई भटटटट नामको नक्कली प्रतिवेदन तयार गरेर कालो पोतियो।सैनिक घेरामा लास छाउनी अस्पतालमा राखेर तीन दिन राजा बनाएको नाटक गरियो।अहिले कितावहरु निस्किएका छन।तर त्यतिबेला बोल्न सक्ने को ? किनकी त्यो संविधान र कानुन नै त्यस्तै थियो ।
अहिले गणतन्त्र छ तर राजाको जुठो खाएर यहि संबिधान अन्तर्गत चुनाव जितेर यहि संबिधानका बिरुद्ध संसदमा कुर्लिन्छन केही थान राजावादीहरु । आफैले जिताएको नेताले ठिक गरेन भन्ने लागेमा अर्को चुनाबमा नेता फेर्न स्वतन्त्र छन जनताहरु!त्यति मात्र कहाँ हो र,सुनेका भरमा,कसैले हल्ला चलाइदिएका भरमा देशकै प्रमुखलाई समेत चोर, डाँका ,अपराधी आदि सुन्नै नसक्ने गरि गाली गलौज गरेर आनन्द लिन पनि रत्ति डर छैन कसैलाई ।
२४० वर्ष भनेको कति लामो समय हो?यसो कल्पना गर्नुस तात्यो । समयमा राजाका आसेपासे मात्र मोटाउने काम नगरेको भए।साच्चै देशको लागि मात्र सोचेको भए पर्यटनले मात्र देश चीन भारत भन्दा धनी भैसक्थ्यो।न बहुदलका लागि ०४६ सालमा आन्दोलन गर्नु पथ्र्यो न त दश बर्से जनयुद्ध र ०६२÷०६३ को आन्दोलनमा जनताका छोराछोरी ले बलिदानी गर्नु पथ्र्यो तर त्यतिबेला दशैमा टीका लगाउदा पनि राजाको जस्तो दरबार होस भनेर आशीर्वाद दिइन्थ्यो । राजालाई भेट्ने मान्छे गाउँमा राजा जत्तिकै ठालु मानिन्थ्यो ।
तर, गणतन्त्रमा कोहि नेतालाई हामी मान्न तयार छैनौं।उसलाई जुनसुकै गालिगलौज गर्न पनि कसैको रोक टोक छैन।सबै भन्दा राम्रो पक्ष जनता सचेत हुने हो भने प्रत्येक चुनवामा राम्रो काम गर्नेलाई जिताएर देश बनाउने अवसर जनताकै हातमा छ तर हामी आफू सचेत नहुने दोष भर्खर पन्ध्र बर्ष पार गर्दै गरेको गणतन्त्रलाई दिने ? यति सतही बन्नु उचित हुदैन ।
पन्ध्र बर्षमा पनि दस बर्ष त संविधान बनाउदैमा सकियो।हामी किन दस बर्ष लगाएको भनेर पनि आक्रोश पोखी हाल्छौ । यत्रो बृहत् सामाजिक, राजनैतिक र सांस्कृतिक विबिधताका बिचमा समानता कायम गर्न कम्तीको सकस बिषय हैन भनेर सोच्दैनौ।त्यसमा पनि आफुले गर्दा जस्तो पनि ठिक हुने अर्काले गरेको जति राम्रो पनि हुन नदिने हाम्रो सामाजिक मानसिकता छ त्यो त नेतृत्वमा पनि त देखिहाल्छ । त्यो मानसिकताले पनि संविधान समयमा बन्न नदिएको हामी बुझ्न चाहँदैनौ ।
केन्द्रबाट बजेट छुट्याउने, शहरमा थुपार्ने, गाउँसम्म पुग्दा रकम हैन बिकासको नाम मात्र पुग्ने केन्द्रीकृत सामान्ती राज्य व्यबस्था भन्दा सबै अधिकार गाउँ गाउँमा दिने, बजेट पनि सिधै गाउँ गाउँमा पुग्ने संघीयता कयौं गुणा राम्रो हो । तर हामी केही थान भ्रष्ट नेतालाई देखाएर संघीयता नै खारेजीको माग गर्छौ । हरेक क्रियाकलापमा आफू सहभागी हुने,गलतको बिरोध गर्ने, राम्रोको समर्थन गर्ने, गलत गर्ने नेतालाइ चुनाबमा विश्राम गराउने चेतना राख्दैनौ ।
त्यसैले आफू सचेत बनौं गणतन्त्रले तपाईं हामीलाई स्वतन्त्रता प्रदान गरेको छ । अनावश्यक अराजकता र गालीगलौजले मात्र देश बन्ने हैन । बरु सचेत भएर अवसरमा आफ्नो अधिकार प्रयोग गरौं । देश निर्माणमा सबै एकाकार बनौं । अर्कालाई धारे हात लागाएर भन्दा आफू सचेत भए मात्र देश बन्ने हो।समयले देश निर्माण गर्ने नेता पनि दिनेछ । किनकी यो गणतन्त्र हो । गणतन्त्रमा राजतन्त्रमा जस्तै जस्तोसुकै असक्षम भए पनि सदाका लागि राजा मान्नु पर्ने बाध्यता हुदैन । त्यसो हुदो हो त काठमाडौमा बालेन धरानमा हर्क र अरु ठाउँमा अरुहरु उदाउन सक्ने थिएनन ।
गणतन्त्र प्राप्ती पछिका उपलब्धी संस्थागत गर्दै मुलुकलाई समुन्नतिको बाटोमा डो¥याउन हातालो गरौं । गणतन्त्र दिवस २०८० को सबैमा हार्दिक शुभकामना ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।