• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्र बनाइनुपर्छ : प्रधानमन्त्री




काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अनुसन्धानमा आधारित मौलिक उच्चशिक्षाको आवश्यकता रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– “प्राज्ञिक क्षेत्रमा तपाईहरुले विकास र रुपान्तरणका कैयन सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा गर्न आवश्यक छ । विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्व विद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाई प्राध्यापक अनुसन्धानमा केन्द्रित हुनुपर्दछ ।”

शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै देशभित्रै उद्यमशील वातावरणको निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने उच्चशिक्षाका पाठक्रमहरु निर्माण गर्नेतर्फ प्राध्यापकहरुले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । विश्वविद्यालयहरु पाठ्यक्रमहरु र पठनपाठनहरु सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो जनशक्ति निर्माण गर्न सकिने प्रधानमन्त्रीले बताउनुभयो ।

Facebook Comments