• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
आवि मर्पेसले गर्यो अक्षकोष तथा वार्षिक कार्यक्रमको पुरस्कार वितरण




बंगलाचुली । बंगलाचुली गाउँपालिका वडा नं.२ मा रहेको आधारभूत विद्यालय मर्पेसले अक्षकोष तथा वार्षिक कार्यक्रमको पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल लुम्बिनी प्रदेश सदस्य बलदेव मल्लको अध्यक्षतामा एबं बंगलाचुली गाउँ पालिका वडा नम्बर-२ का वडा अध्यक्ष मैते पुनको प्रमुख अतिथिमा विद्यालयमा कार्यरत स्वर्गीय शिक्षक भाग कुमार पुनको सम्झनामा उहाँका घर परिवारले संचालन गरेको अक्षकोषबाट आउने वार्षिक ब्याजलाई दामासायी हिसाबले वार्षिक परीक्षामा कक्षा १देखि कक्षा ८ सम्मका कक्षा प्रथम आउने बिद्यार्थीहरुलाई र विद्यालय प्रथम आउने बिद्यार्थीलाई केही रकम थप गरि प्रदान गरिएको छ ।

अक्षकोष दाता स्वर्गीय भाग कुमार पुनका बुवा श्री तेज बहादुर पुन सहित सपरिवारको उपस्थितिमा नगद रकम र प्रमाणपत्रले सम्मान गरियो साथै अक्षकोष दाताहरुलाइ विद्यालय तर्फबाट खादा र कदरपत्रले सम्मान गरेको छ ।

कक्षा दृतिय,र तृतीय स्थानमा आउने बिद्यार्थीहरुलाई स्कुलको तर्फबाट अन्य विभिन्न पुरस्कारहरु बितरण गरियो साथै उक्त कार्यक्रममा बर्षभरी स्कुलले गरायका विभिन्न अतिरिक्त क्रियाकलापहरुमा प्रथम,दृतिय,तृतीय र सान्त्वना हुने बिद्यार्थीहरुलाई प्रमाणपत्र सहित विभिन्न पुरस्कारले सम्पन्न गरियो ।

विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष खेतुलाल बिक, प्र.अ. तेज बहादुर मल्ल,शिक्षक अभिभावक संघका वर्तमान अध्यक्ष रेशम थापा, पुर्ब अध्यक्ष नर बहादुर सुनार, शिक्षिका पदमा कुवर, अक्षकोष दाताको तर्फबाट स्व.भाग कुमार पुनका कान्छाबुवा कमिक पुन लगायतले मन्तव्य राख्नु भएको थियो ।

शिक्षक भिम बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भयको कार्यक्रमको सहजीकरण शिक्षक शगुरु प्रसाद बिस्टले गर्नुभयको थियो ।

Facebook Comments