• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देशभर मौसम बदली, चट्याङसहित वर्षाको सम्भावना




दाङ । दाङसहित देशभरको मौसममा बदली देखिएको छ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव समेत रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने  छ ।

मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

Facebook Comments